काठमाडाैं । कुवेत स्पेस रकेट टोलीले प्रक्षेपण गर्ने प्रयास गरेको सानो रकेट जहरा गभर्नरेटमा विष्फोट भएको छ । प्रज्वलन भएको केही समयपछि विस्फोट भएको बताएको छ । तमोह–३ नाम दिइएको रकेट लगभग ३.२ मिटर लामो थियो ।
जसको अधिकतम थ्रस्ट लगभग १२ हजार न्यूटन थियो । यो निर्देशांक, गति, उचाइ, प्रवेग र अन्य उडान डेटा रेकर्ड गर्न डिजाइन गरिएका जिपिएस उपकरणहरूले सुसज्जित थियो । टोलीकाअनुसार यो यसको चौथो प्रक्षेपण प्रयास थियो । यसले आफ्नो विकास प्रयासहरू जारी राख्दै विस्फोटको कारणको अनुसन्धान गर्ने बताएको छ ।
२०१८ मा स्थापित, कुवेत स्पेस रकेट टोलीले कुवेतको अन्तरिक्ष अनुसन्धान र वैज्ञानिक अन्वेषण पहलहरूमा योगदान पु¥याउने लक्ष्य राख्दै विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका इन्जिनियरहरू र विशेषज्ञहरूलाई एकसाथ ल्याउँछ ।
सिन्ह्वा/ न्युज एजेन्सी नेपाल




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच