पाल्पा । विभिन्न क्षेत्रमा काम गर्ने पाल्पाका एघार जना नारी छुट्टाछुट्टै विधाका पुरस्कारबाट सम्मानित भएका छन् । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालले आफ्नो २० औं वार्षिक दिवस तथा ९७ औं कुलमणि देवकोटा जन्मजयन्ती समारोहको अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।
जिल्लाको शिक्षा, स्वास्थ्य, साहित्य र सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप एघार जना नारीलाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष पुस्कर अथक रेग्मीले बताउनुभयो ।
उहाँका अनुसार कुलमणि देवकोटा स्मृति प्रतिभा पुरस्कारबाट कवयित्री सरू ज्ञवाली ,लक्ष्मीप्रिय जगत बहादुर जोशी स्मृति पुरस्कारबाट साहित्यकार सीता ढुङ्गाना काफ्ले, जगतकुलमणिकविन्द्र त्रिनक्षत्र पुरस्कारबाट शकुन्तला पौडेल सानु, विमला रेग्मी स्वास्थ्य सेवा पुरस्कारबाट युनाइटेड मिसन अस्पताल तानसेनकी सिनियर स्टाफ नर्स सीता पन्थी, इन्द्रलाल भारती शिक्षा सेवा सम्मानबाट शिक्षासेवी पूर्वप्रधानाध्यापक केशलक्ष्मी श्रेष्ठ , शक्तिराज रेग्मी सञ्चार सेवा सम्मानबाट रेडियो सञ्चारकर्मी गीता ज्ञवाली , बालहरि स्वास्थ्य सेवा पुरस्कारबाट स्वास्थ्यकर्मी मन हेमचुरी पौडेल ,दीनानाना साहित्य सेवा सम्मानबाट साहित्य प्रतिष्ठानकी आजीवन सदस्य गुणवती के.सी.,राधावद्री स्मृति स्वयंसेवा सम्मानबाट समाजसेवी एवं स्वयंसेवी महिला सरस्वती भट्टराई , शिस्वासाप्र राष्ट्रिय सुसेली सम्मानबाट सुसेली सर्जक कवयित्री इन्दिरा ज्ञवाली पौडेल र तुलठगी शैक्षिक प्रतिभा पुरस्कारबाट न्यू होराइजन स्कुलकी छात्रा अदिति चापागाईंलाई पुरस्कृत एवं सम्मान गरिएको हो ।
सम्मानित नारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार डा. अनिता लामिछाने र प्रतिष्ठानका अध्यक्ष रेग्मीले पुरस्कारले सम्मान गर्नुभएको छ । सम्मान गर्दै प्रमुख अतिथि साहित्यकार डा. लामिछानेले शिक्षा स्वास्थ्य र साहित्यको क्षेत्रमा क्रियाशील संस्थाले सचेतना शिक्षा, स्वास्थ्य शिविर सञ्चालन र साहित्यको विकासको लागि महत्वपूर्ण योगदान पुर्याएकोमा खुसी व्यक्त गर्नुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच