काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीभित्र सामूहिक नेतृत्व प्रणाली स्थापित गर्न आगामी ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व आवश्यक भएको बताउनु भएकाे छ।
अध्यक्ष केपी शर्मा ओलीले एकल नेतृत्व (एकलकाटे) प्रवृत्ति देखाएकाले आफूहरू विकल्पका रूपमा ईश्वर पोखरेललाई अघि सार्न बाध्य भएको उहाँले बताउनु भयाे।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ज्ञवालीले सामूहिक नेतृत्वविना लोकतन्त्र बलियो र टिकाउ हुन नसक्ने उल्लेख गर्नुभयाे । एमालेको आधिकारिक दस्तावेजमा सामूहिक नेतृत्वको सिद्धान्त भए पनि व्यवहारमा लागू नभएकाले महाधिवेशनबाट नयाँ दिशा आवश्यक परेको उहाँको टिप्पणी छ।
उहाँले भन्नुभयाे, “सामूहिक नेतृत्व नभएको लोकतन्त्र सफल हुँदै हुँदैन। दस्तावेजमा नीति–प्रदान भने पनि व्यवहारमा नेता–प्रदान भइरहेको छ। हामी नीति–प्रदानको मान्यता पुनःस्थापना गर्न चाहन्छौँ।”
ज्ञवालीले ओलीलाई आलोचना नसुन्ने प्रवृत्ति र गैर–मार्क्सवादी सोच प्रदर्शन गरेको आरोप लगाउँदै आलोचना–आत्मआलोचना मार्क्सवादी सिद्धान्तको मूल आधार भएको बताउनु भयाे। पार्टीमा सो अभ्यास हराउँदै गएकाले पनि नेतृत्व परिवर्तन अपरिहार्य भएको उहाँको भनाइ छ।
उहाँका अनुसार सामूहिक नेतृत्वमा आधारित, आलोचना–आत्मआलोचना स्वीकार गर्ने, नीति–केन्द्रित पार्टी सञ्चालनका लागि ईश्वर पोखरेल उपयुक्त नेतृत्व हुने ठहर एमालेभित्र बढ्दो छ।
ज्ञवालीले थप भन्नुभयाे, “हामी ईश्वर पोखरेलको नेतृत्वमा सामूहिक ढंगले पार्टीलाई अघि बढाउन र लोकतन्त्र सुदृढिकरणमा महत्वपूर्ण भूमिका खेल्न चाहन्छौँ।”







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच