काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा भावी अध्यक्षका दाबेदार ईश्वर पोखरेलले पार्टीको ११ औँ महाधिवेशनका लागि छुट्टै राजनीतिक तथा संगठनात्मक अवधारणा–पत्र तयार पार्नुभएको छ ।
आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गर्ने उद्देश्यसहित पोखरेलले तयार पारेको प्रस्तावमा पार्टीको आगामी दिशा–निर्देशन, संगठनको पुनर्संरचना, सामूहिक नेतृत्व प्रणाली, वैचारिक स्पष्टता र आन्तरिक लोकतन्त्र मजबुत गर्ने विषयहरू समेटिएको छ।
पार्टीभित्र नयाँ नेतृत्वका प्रमुख विकल्पका रूपमा अघि बढिरहेका पोखरेलको अवधारणा–पत्र महाधिवेशनको केन्द्रीय बहसको प्रमुख आधार बन्ने अनुमान गरिएको छ।
महाधिवेशनअघि नै नेतृत्व परिवर्तनका प्रश्नमा छलफल बढिरहेका बेला पोखरेलले सार्वजनिक गरेको यो प्रस्तावले पार्टीभित्र महत्वपूर्ण राजनीतिक बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच