भोजपुर । भोजपुर नगरपालिका वडा नम्वर ८ पोखरेमा रहेको विद्यालयमा जनश्रमदान मार्फत खानेपानीको पाइप पुर्याइएको छ ।
वडामा रहेको सरस्वी आधारभूत विद्यालयमा स्थानीय वडावासी, शिक्षक र पूर्वविद्यार्थीको सहभागितामा खानेपानीको पाइप पुर्याइएको हो ।
विगतमा गाडिएको पाइपबाट खानेपानीमा समस्या देखिएपछि जनश्रमदानबाट पाइप नयाँ फेरिएको विद्यालयका प्रधानाध्यापक शरण बहादुर राईले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा खानेपानीको समस्या हुन नदिनका लागि श्रमदान मार्फत पाइप फेर्ने कार्य भएको हो ।
स्थानीय हिटिधाराबाट विद्यालयका लागि पानी उपलब्ध गराईएको छ । वडासँगको समन्वयमा विद्यालयमा पाइप फेर्ने कार्य भएको हो । २०१७ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा ८ सम्म पठनपाठन हुँदै आईरहेको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच