काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाईंसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
समूहको बैंक खातामा रहेको रकम हिनामिना गरेको उजुरीका आधारमा सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार समूहका पदाधिकारीहरूले आफैँखुसी रकम निकासा गरी खर्चको सक्कली बिल भरपाई नराखी रकम दुरुपयोग गरेको प्रारम्भिक उजुरीपछि गरिएको अनुसन्धानमा हिनामिनाको तथ्य प्रमाणित भएको हो।
अनुसन्धानका क्रममा उक्त उपभोक्ता समूहका तत्कालीन अध्यक्ष दमाईंका साथै सचिव रामकुमारी राना, कोषाध्यक्ष धनसरी रानाले विभिन्न मितिमा समितिको नेपाल बैंकको खातामा रकम हिनामिना गरेको खुलेको आयोगले जनाएको छ । यस्तै आयोगले लेखापरीक्षक भोजराज शर्मा पाण्डेलाई पनि प्रतिवादी बनाएको छ ।
आयोगले अध्यक्ष दमाईं र कोषाध्यक्ष रानाविरुद्ध ९ लाख ६५ हजार ८७३ रुपैयाँ र सचिव रानाविरुद्ध ८ लाख ४० हजार ८७३ रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ ।
यस्तै, लेखापरीक्षक पाण्डेलाई पनि कैद र जरिवाना दुवै सजायको मागदाबी आयोगले गरेको छ ।








बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच