कैलाली । अर्थमन्त्री रामेश्वर खनालले सरकार फागुन २१ गतेको निर्धारित मितिमा निर्वाचन गराउन तत्पर रहेको बताउनु भएको छ । कैलाली उद्योग बाणिज्य संघले आयोजना गरेको १९औँ संस्करणको सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न धनगढीका आउनु भएका मन्त्री खनालले सकारको सम्पूर्ण ध्यान निवार्चन केन्द्रित भएको बताउनु भएको हो ।
जेनजी आन्दोलनले मागेको परिर्वतन संस्थागत हुनका लागी समय मै निर्वाचन अहिलेको आवश्यकता रहेको अर्थमन्त्री रामेश्वर खनालले बताउनु भयो । उहाँले यो सरकारले विकास निर्माणका कुरा भन्दा पनि शुसासनमा बढी ध्यान दिएको बताउनु भयो ।
मन्त्री खनालले २१ गतेको निर्वाचन पछि जेनजी युवाहरुले खोजेका उम्मेदवारहरु जितेर आएपछि देश नयाँ युगमा प्रवेश गर्ने बताउनु भयो । उहाले बिकास नगर्ने तर पद ओगट्ने नेता भन्दा काम गर्ने नेतालाई अबको निर्वाचनमा बिजयी गराउन सबैमा अपील गर्नभयो ।
अर्थमन्त्री रामेश्वर खनालले देशैभरी पुननिर्माणको काम अघि बढिरहेको बताउनु भयो । मुलुकभरी ध्वस्त भएका सरकारी कार्यालयहरू पुर्न निर्माणमा सरकार लागिरहेको समेत उहाँको भनाइ थियो ।
मन्त्री खनालले निर्वाचनको सुरक्षा लाई लियर चिन्ता नगर्न सबै राजनीतिक दललाई आग्रह गर्नुभयो । सरकारको पहिलो प्राथमिकता निर्वाचन रहेको भन्दै अर्थमन्त्री खनालले स्वच्छ, भयरहित निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो । त्यसका लागी सवैको सहयोग पनि आवश्यता रहेको उहाँले बताउनु भयो ।
अगामी निर्वाचनबाट २३ र २४ भदौमा युवाहरुले उठाएका भ्रष्टाचार मुक्त, सदाचार युक्त र विधिमा आधारित असल शासन स्थापना गर्न सक्ने सरकार निर्माण गर्नका लागि भएपनि सबैले चुनावको वातावरण बनाउनतर्फ लाग्नुपर्ने समेत उहाँको भनाई थियो ।
अर्थमन्त्री खनालले यसपटकको चुनाव इतिहासकै सबैभन्दा धेरै राजनीतिक दल सहभागी हुन लागेको बताउदै सरकारले पूर्ण सुरक्षाको प्रत्याभूती गराएर निर्वाचन सम्पन्न गर्ने दाबी पनि गर्नु भएको छ । ‘नेपालको इतिहासमा यसपाली सबैभन्दा धेरै दलहरु निर्वाचनमा भाग लिनका निमित्त दर्ता भएका छन् । १३० दल जबकी यो भन्दा अगाडी तीन अंकमा दलहरु यसरी भाग लिन दर्ता भएका थिएनन्,’ उहाँले भन्नुभयो, ‘यसअघि जहिले पनि कतिपय दलले चुनाव बहिष्कार गर्थे। तर अहिले एउटै समूह पनि बहिष्कारमा छैन। यो सकारात्मक संकेत हो।’
अर्थमन्त्री खनालले जेन्जी आन्दोलनका क्रममा विध्वंसकारी वा गलत गतिविधि गर्नेहरू कानुनी कारबाहीको दायरामा आउने स्पष्ट गर्नु भएको छ । उहाँले छानबिन समितिको प्रतिवेदन आएपछि सबै तथ्यहरू स्पष्ट हुने बताउनु भयो ।
उहाँका अनुसार, उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनपछि मात्र आन्दोलनकारी र विध्वंसकारी गतिविधिमा संलग्न व्यक्तिहरू छुट्याउन सम्भव हुने छ।
उहाँले देशभर पुनर्निर्माणको काम तीव्रगतिमा भइरहेको उल्लेख गर्दै स्थानीय र प्रदेश सरकारले क्षतिको मूल्याङ्कन गरिरहेको र आवश्यक परे सङ्घीय सरकारले आर्थिक सहयोग गर्ने बताउनु भयो । केही कार्यालयमा पुनर्निर्माण कार्य सुरु भइसकेको र केहीमा काम जारी रहेको उहाँले जानकारी दिनुभयो । तीन वर्षभित्र सम्पूर्ण पुनर्निर्माण सम्पन्न हुने उहाँको दाबी छ ।
उद्घाटन कार्यक्रममा बोल्नु हुँदै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्करराज ओझाले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका मुद्दा अघि सार्दै १९ वर्षअघि शालीन आन्दोलनका रुपमा महोत्सवको सुरुवात भएको बताउनु भयो ।
प्रदेशबासीले सुदूरपश्चिम महोत्सवलाई पर्वका रुपमा अवलम्बन गरेको भन्दै उहाँले प्रदेश आर्थिक समृद्धिसँगै मौलिक संस्कृति, परम्परागत र लोक संस्कृतीको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाई थियो ।
सोमबारबाट सुरु भएको सुदूरपश्चिम महोत्सव पुस २ गते सम्म सञ्चालन हुने छ । यस प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारको साथै कला, संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले कैलाली उद्योग बाणिज्य संघले १९ औं संस्करणको महोत्सव आयोजना गरेको हो ।
करिब तीन करोड रुपियाँ लगानीमा आयोजना गरिरहेको महोत्सवमा १५ करोड रुपियाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको बिश्वास छ । महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोेमोबाइल्स, इलेक्ट्रोनिकल, होटल, सूचना प्रविधिलगायतको गरेर ५०० वटा स्टल रहेका छन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच