रौतहट । मधेश प्रदेशका नव–नियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने बताउनु भएको छ ।
मधेशका धेरैजसो जनता कृषिमा आधारित जीवनयापन गर्ने भएकाले कृषि क्षेत्रलाई अत्यन्त महत्वपूर्ण हिसाबले अघि बढाइने स्पष्ट गर्दै मुख्यमन्त्री यादबले शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार निर्माणमा समेत राज्यको ऊर्जा केन्द्रित गरिने बताउनु भएको छ ।
नेपाली काँग्रेस रौतहटले गौरमा आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादबले प्रदेशभर विद्यमान विभिन्न बेथिति हटाई सुदृढ प्रशासनिक प्रणाली निर्माण गर्नु नै आफ्नो पहिलो लक्ष्य रहेको प्रष्ट पार्नु भयो । उहाँले मधेशमा विकासका असंख्य चुनौतीहरू थुप्रिन पुगेकाले अब त्यस्ता चुनौतीलाई क्रमिक रूपमा व्यवस्थापन गर्दै प्रभावकारी शासन सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त समेत व्यक्त गर्नु भयो ।
मुख्यमन्त्री यादबका अनुसार रोकिएका विकास आयोजनालाई पुनः गतिशील बनाउँदै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने नयाँ योजना तथा रणनीति अघि ल्याउने मधेस सरकारले तयारी गरिरहेको छ ।
सात दलीय गठबन्धन मजबुत रहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले आगामी निर्वाचनसम्म गठबन्धन एकताबद्ध रहने विश्वास व्यक्त गर्नु भयो । मन्त्रिपरिषद् विस्तारसम्बन्धी निर्णय पनि गठबन्धनभित्रै सहमति गरेर चाँडै टुंग्याउने उहाँले जानकारी दिनु भयो ।
मुख्यमन्त्री नियुक्त भए पछि पहिलो पटक आफ्नो गृह जिल्ला रौतहट आउनु भएका मुख्यमन्त्री यादब गौर पुग्नु भन्दा पहिले आफ्नै निर्वाचन क्षेत्र रौतहट क्षेत्र नं.१(ख)भित्र पर्ने दुर्गाभगवती गाउँपालिका वडा नं. ३ मत्सरीमा रहेको दुर्गा मन्दिरमा पूजा अर्चना गर्नु भएकाे थियाे । आजै कटहरिया नगरपालिकामा आयोजित कार्यक्रममा पनि मुख्यमन्त्री यादब सहभागी हुनु हुने छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच