एजेन्सी । स्पेनिस ला-लिगामा आइतबार राती प्रतिष्ठित क्लब रियल मड्रिडले आफ्नै घरेलु मैदान स्यान्टियागो बर्नाबेउमा अप्रत्याशित हार बेहोरेको छ । संघर्षरत मानिएको सेल्टा भिगोले उत्कृष्ट खेल प्रदर्शन गर्दै रियललाई २-० ले पराजित गरेको हो । यस हारसँगै रियल मड्रिड १६ खेलपछि ३६ अंकसहित दोस्रो स्थानमै रोकिएको छ भने महत्वपूर्ण जित निकाल्दै सेल्टा भिगो १५ खेलबाट १९ अंकसहित लिग तालिकाको १०औँ स्थानमा उक्लिएको छ ।
सुरुवाती हाफमै रियलले बलमा कब्जा जमाए पनि स्पष्ट गोल अवसर बनाउन भने संघर्ष गर्यो । भिनिसियस, बेलिङ्घम र रोड्रिगोको संयोजनले कहिलेकाहीँ सेल्टाको रक्षामा दबाब सिर्जना गरे पनि पाहुना टोलीको गोलरक्षक र बलियो डिफेन्सलाई भेद्न सकेन । पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा घरेलु समर्थकमा निराशा झल्किन थालिसकेको थियो ।
दोस्रो हाफ सुरु भएको ९ मिनेटमै सेल्टा भिगोका विलियट स्वेडबर्गले कौशलपूर्ण फिनिसिङ गर्दै टिमलाई अग्रता दिलाउनुभयो । ५४औँ मिनेटमा आएको यो गोलले खेलको गति नै बदलिदियो । खेलमा फर्किन संघर्ष गरिरहेको रियल मड्रिड थप कठिन अवस्थामा पर्यो जब ६४औँ मिनेटमा फरान गार्सियाले दोस्रो पहेंलो कार्ड पाउँदै मैदान छाड्नुपर्यो । १० खेलाडीमा झरेपछि रियलको आक्रमण कमजोर हुँदै गयो र पछाडिसमेत अस्थिर देखियो ।
निर्धारित समय पूरा हुन लाग्दा रियलका अल्भारो करेरास पनि दोहोरो पहेंलो कार्डका कारण मैदान बाहिरिनुभयो । दुई खेलाडी कम भएको अवसरलाई सेल्टा भिगोले उत्कृष्टरूपमा उपयोग गर्दै स्वेडबर्गले थप एक गोल गर्दै व्यक्तिगत ‘ब्रान्डो’ पूरा गर्नुभयो ।
यो जित सेल्टा भिगोका लागि विशेष रह्यो । सन् २०१४ पछि ला-लिगामा रियल मड्रिडविरुद्धको यो पहिलो जित हो । घरेलु मैदानमा लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको रियललाई रोक्दै सेल्टाले चकित पार्ने नतिजा निकालेर शीर्ष क्लबहरूलाई कडा सन्देश दिएको छ ।
हारसँगै प्रशिक्षक कार्लो एन्सेलोटीले रक्षात्मक कमजोरी, अनुशासन तथा फाइनल थर्डमा प्रभावहीनता तत्काल सुधार्नुपर्ने आवश्यकता देखिएको छ । लिगको शीर्ष स्थानका लागि बार्सिलोना र जिरोनासँगको प्रतिस्पर्धामा यो हारले महŒवपूर्ण धक्का पुर्याएको छ ।
जहाँ रियल मड्रिडले खेलभरि बल कब्जा र आक्रमणमा दबाब बनायो, त्यहीँ सेल्टा भिगोले अनुशासित र योजनाबद्ध खेल प्रदर्शन गर्दै प्रभावशाली जित दर्ता गर्यो । दुई रातो कार्ड र आक्रमणमा कमजोरीले रियललाई महँगो पर्यो, जबकि स्वेडबर्ग सेल्टाका लागि रातभरि नायक साबित भए ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच