रौतहट । फतुवा विजयपुर नगरपालिकामा करार कर्मचारीको तलबको ग्यारेन्टी भएपछि कार्यालयमा २५ दिनदेखि जारी तालाबन्दी समाप्त भएको छ।
नगरपालिकामा करिब ८५ जना करार कर्मचारीको सेवा अवधि २०८३ असारसम्म थप्ने सहमतिसँगै कार्यालय पुनः सञ्चालनमा आएको फतुवा विजयपुरका लेखा अधिकृत कामेश्वर सहनीले जानकारी दिनुभयो। कर्मचारीहरूले कात्तिक २६ देखि अनिश्चितकालीन तालाबन्दी गर्दै धर्ना प्रदर्शन गर्दै आएका थिए।
कार्यबाहक नगर प्रमुख अम्बेया खातुनले करार कर्मचारी हटाएर नयाँ भर्ती गर्ने तयारी गर्दा आन्दोलन तीव्र हुँदै गएको थियो। कार्यालयको नियमित कामकाज समेत प्रभावित भएको थियो। प्रारम्भमा आन्तरिक आय पर्याप्त नहुँदा तलब उपलब्ध गराउन समस्या देखिएको भए पनि लेखा अधिकृत सहनीले कुनै हालतमा तलब रोक्न नहुने कडा अडान राखेपछि राजस्व बाँडफाँडबाट तलब उपलब्ध गराउने सहमति बनेको थियो।
सहमति पश्चात् नगरपालिका कार्यालय पूर्ण रूपमा सञ्चालनमा आएको छ। यसैबीच, निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शिक्षा प्रशासन समूहका अधिकृत मदन कुमार थापाले सम्हाल्नु हुने छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मङ्सिर ९ गते उहाँलाई आर्थिक तथा प्रशासनिक अधिकारसहित जिम्मेवारी तोकेको थियो, तर तालाबन्दीका कारण उहाँ समयमा पदभार ग्रहण गर्न सक्नुभएकाे थिएन ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच