काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशभर कर्जा लगानी तथा निक्षेप संकलनमा उल्लेखनीय योगदान पुर्याउने ६७ शाखा कार्यालयहरूको ‘बिजनेस मिट-२०८२’ चितवनमा सम्पन्न गरेको छ । बैंक सञ्चालक समिति अध्यक्ष देवकुमार ढकालको अध्यक्षतामा भएको कार्यक्रममा हालको बैंकिङ बजारको आवश्यकता, चुनौतीहरू र बैंकले खेल्नुपर्ने भूमिकाबारे विस्तृत छलफल भएको बैंकले जनाएको छ ।
कार्यक्रममा कर्मचारीको क्षमता अभिवृद्धि, बैंकमा रहेका प्रचुर निक्षेपलाई गुणात्मक कर्जामा रूपान्तरण गर्ने उपाय तथा सम्भावित ग्राहकको अवस्था विश्लेषणसहित शाखा कार्यालयहरूले कार्ययोजना प्रस्तुत गरेका थिए ।
अध्यक्ष ढकालले बैंकले व्यवसाय विस्तार योजनामा विशेष महत्व दिनुपर्ने र क्षेत्रगत सम्भावना समेटेर रणनीति बनाउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले सरकारी बैंकप्रति सर्वसाधारणको धारणा थप सकारात्मक बनाउन, सेवा प्रवाह चुस्त-दुरुस्त राख्न र गुनासोमुक्त सेवा सुनिश्चित गर्न शाखाहरूलाई निर्देशनसमेत दिनुभएको थियो । सञ्चालक समिति सदस्य हरिकुमार सिलवालले बैंकको मानव संसाधन युवा र ऊर्जावान रहेको उल्लेख गर्दै त्यसलाई व्यवसाय विस्तारको अवसरमा रूपान्तरण गर्नुपर्ने बताउनुभएको थियो ।
प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकमा रहेको निक्षेपलाई अवसरका रूपमा उपयोग गर्दै गुणात्मक कर्जा वृद्धि, सेवा प्रवाहमा सुधार र शाखा प्रबन्धकहरूको नेतृत्व दक्षता महत्वपूर्ण रहेको भन्दै सेवाग्राहीसँगको व्यवहार सकारात्मक बनाउन, कर्जा विस्तार लक्ष्यअनुसार अघि बढ्न र गुनासो न्यून बनाउन निर्देशन दिनुभएको थियो ।
कार्यक्रममा उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, नायब प्रमुख कार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, उपकार्यकारी अधिकृत विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, रामकुमार थापालगायतको उपस्थिति थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच