काठमाडौं । महालक्ष्मी विकास बैंक ‘बैंकिङ नवप्रवर्तन तथा ग्राहक सन्तुष्टिमा उत्कृष्ट’ विधामा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । भारतको नयाँदिल्लीमा डिसेम्बर ७ मा आयोजित एक समारोहबीच बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय अवार्ड बैंकले हालका वर्षहरूमा गरेको डिजिटल सुधार, ग्राहकमैत्री सेवा, संस्थागत सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता तथा ब्राण्ड प्रतिष्ठा अभिवृद्धिका आधारमा दिएको बताइएको छ । बैंकका वरिष्ठ अधिकृतहरूले महालक्ष्मी विकास बैंकतर्फबाट अवार्ड ग्रहण गरेका थिए ।
बैंकले पछिल्लो समय सीमा–पार वित्तीय सेवा सुविधामा महत्वपूर्ण भूमिका खेलेको छ । विशेषगरी भारत-नेपाल भुक्तानी प्रणाली सहज बनाउन गरेको सहयोगका कारण पनि अवार्ड महत्वपूर्ण भएको बैंकको भनाइ छ । यसअघि पनि बैंक इण्डियन चेम्बर अफ कमर्सद्वारा प्रदान गरिने प्रतिष्ठित अवार्डबाट सम्मानित भइसकेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच