काठमाडौं । टिएएफई एनएसडब्ल्यु र एस एजुकेसन समूहको सहकार्यमा आयोजित अन्तरक्रियात्मक र पुरस्कार वितरण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रमले प्रमुख साझेदार र योगदानकर्ताको सम्मान गर्दै नेटवर्किङको अवसर प्रदान गरेको थियो । कार्यक्रम श्रीमती विजी शंकर, अन्तर्राष्ट्रिय विद्यार्थी भर्ती प्रमुख, टिएएफई एनएसडब्ल्युद्वारा सञ्चालन र प्रस्तुत गरिएको थियो ।
उहाँले कार्यक्रममा सहभागीहरूको उत्साह बढाउने रमाइलो गेसिङ गेम र टेबल–आधारित क्विज सञ्चालन गर्नुभएको थियो । साथै टिएएफई एनएसडब्ल्युका कार्यक्रमहरू, इएसओएस ऐन पालन तथा राष्ट्रिय कोडसम्बन्धी विस्तृत जानकारी प्रस्तुत गर्दै साझेदारहरूलाई आवश्यक अपडेट र मार्गदर्शन प्रदान गरिएको थियो ।
उत्कृष्ट साझेदारलाई पुरस्कार र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । एस एजुकेसन समूहका व्यवस्थापक अरुण श्रेष्ठले सबै सहभागी, साझेदार र अतिथिलाई धन्यवाद दिँदै टिएएफई एनएसडब्ल्यु, एस एजुकेसन समूह र नेपालमा आधारित साझेदार संस्थाहरूबीचको निरन्तर सहकार्यमा जोड दिनुभएको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच