काठमाडौं । क्यान्सर सर्भाइभरसिप र पेडियाट्रिक केयर सम्बन्धमा सरोकारवालाको बैठक सम्पन्न भएको छ । नेपाल चाइल्डहुड क्यान्सर एलायन्सको सहयोगमा कान्ति बाल अस्पतालद्वारा आयोजित कार्यक्रम रमेश गुप्ता मेमोरियल ट्रष्ट र वल्र्ड चाइल्ड क्यान्सरद्वारा सञ्चालित आमजेन परियोजनाअन्तर्गत सञ्चालन गरिएको हो ।
कार्यक्रमले सर्भाइभरसिप अनुभव बोकेका बालबालिका, अभिभावक, स्वास्थ्य क्षेत्रका प्रमुख व्यक्तिहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसहित सबैलाई एकै स्थानमा कथा आदानप्रदान गर्ने, चुनौतीहरू समाधान गर्ने र सहकार्यको नयाँ बाटो तय गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, नेपाल बालरोग विशेषज्ञ समाज, भक्तपुर क्यान्सर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, टुगेदर एगेनेष्ट चाइल्डहुड क्यान्सर, लियोनार्दो इडवार्ड श्रेष्ठ फाउण्डेसन र वार्मिङ हट नेपाललगायतका संस्थाहरूको सहभागिता थियो । आयोजकका अनुसार कार्यक्रमको पहिलो सत्र सर्भाइभरसिपमा केन्द्रित थियो भने दुईजना क्यान्सर विजेताले आफ्नो जीवनयात्रा सुनाउँदै कार्यक्रमको सुरुवात गरेका थिए, जसले प्रेरणा, दृढता र आशाको वातावरण सिर्जना गरेको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच