काठमाडौं । एनएमबी बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र सहज बनाउन ‘एनएमबी इन्स्टा बाइ’ सुविधा सार्वजनिक गरेको छ । सुविधामार्फत् क्रेडिट कार्डवाहकले अब पाँच हजारभन्दा माथिको कुनै पनि खरिदलाई छदेखि १२ महिनासम्मको किस्ताबन्दीमा रूपान्तरण गर्न सक्नेछन् ।
यस्तो प्रक्रियामा ग्राहकले आफ्नो खरिद बिल र पोस स्लिप १० दिनभित्र एनएमबी एप वा बैंकको वेबसाइटमार्फत् इन्स्टा बाइ पोर्टलमा अपलोड गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार न्यूनतम शुल्क तथा ब्याजदरका साथै अग्रिम भुक्तानीमा कुनै जरिवाना नलाग्ने व्यवस्था र शाखा धाउन नपर्ने सुविधासहित ‘इन्स्टा बाइ’मार्फत् स्वास्थ्य परीक्षण, यात्रा, जीवनशैली वा चाडपर्वलगायतमा हुने खर्च सहजरूपमा व्यवस्थापन गर्न सकिनेछ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच