काठमाडौं । सानिमा बैंक मंसिर २१ गते आफ्नो स्थापनाको २१औँ वर्ष पूरा गरी २२औँ वर्षमा प्रवेश गरेको छ । बैंकले दुई दशकभन्दा बढी समयदेखि ग्राहकलाई निरन्तर सेवा र प्रतिबद्धतासाथ सबल अनि विश्वासिलो बैंक बन्न सकेको उपलक्ष्यमा २१औँ वार्षिकोत्सव मनाएको छ ।
सोही अवसरमा बैंक प्रांगणमा आयोजित एक कार्यक्रममा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले बैंक २१ वर्ष पूरा भएकोमा बैंकका कर्मचारी, ग्राहक तथा सरोकारवालालाई बधाई ज्ञापन गर्दै सबै कर्मचारीलाई सँगै अघि बढेर बैंकको लक्ष्य प्राप्त गर्न सामूहिक प्रयासका लागि प्रोत्साहित गर्नुभएको थियो । सानिमा बैंकले सातै प्रदेशमा हाल १३४ शाखा कार्यालय र १२७ एटिएममार्फत् सेवा प्रदान गर्दै आएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच