झापा । शनिबार मध्यरातमा भारत गोवाको एक व्यस्त नाइट क्लबमा भएको आगलागीमा परी दुई जना झापाली युवाको मृत्यु छ ।
घटनामा झापाको भद्रपुर नगरपालिका - ३ गोलेचोकका सविन खातीको र कचनकवल गाउँपालिका बगान, नयाँबजारका १९ वर्षीय सुदीप गुरुङ रहेको जनाइएको छ । सुदीप होटल मेनेन्मेट अध्यनका लागि तिहारपछि गोवा गएको कचनकवल - २ का वडाध्यक्ष लेखनाथ खत्रीले बताउनुभयो ।

सविन केही वर्ष अघिदेखि सो नाइट क्लबमा सेफको रूपमा कार्यरत रहेको बुझिएको छ । सविन लामो समयदेखि गोवाका होटल तथा क्लब क्षेत्रमा कार्यरत थिए । घटनामा सुदीपको मृत्यु भएको भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले बताउनुभयो । उहाँले आफू गोलेचोकमा रहेको र थप यथार्थ बुझ्ने प्रयास गरिरहेको जानकारी दिनुभयो ।
सो घटनामा चार नेपाली २५ जनाको मृत्यु भएको छ। तीमध्ये चारजना नेपालीको मृत्यु भएको भारती सुरक्षा अधिकारीले जनाएका छन् । घटनामा मृत्यु हुने अन्य दुई नेपालीको नाम, वतन खुल्न सकेको छैन।

"फायर शो" चलिरहेको बेला आगलागी हुँदा क्लबमा अत्यधिक भीड भएको भारतीय सुरक्षा अधिकारीले जनाएका छन् । सुरु भएको केही मिनेटमै आगो र धुवाँ फैलँदा सो मानवीय क्षति भएको भारती अधिकारीहरूले जनाएका छन्।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच