बर्दिया । जेन जी आन्दोलनको क्रममा आगजनी तथा तोडफोड गरेको आरोपमा बर्दियामा २ जनालाई कारागार चलान गरिएको छ भने अन्य ५ जनालाई धरौटीमा छोडिएको छ ।
बर्दिया जिल्ला अदालतका श्रेस्तेदार कमल घलले हिमालय टाइम्सलाई दिएको जानकारीअनुसार भदौ २४ को जेनजी आन्दोलनका प्रदर्शनका क्रममा अपराधिक प्रवेश तथा अपराधिक उपद्रता मुद्दामा गुलरिया नगरपालिका ७ का अशरद पठान र गुलरिया-४ का रोनक परवारलाई पुर्पक्षका लागि कारागार पठाइएको हाे ।
उहाँकाअनुसार घटनामा संलग्न पाँच जनालाई धरौटी लिई तारेखमा छाडिएको छ । जिल्ला न्यायाधीश मनोज श्रेष्ठको एकल इजलासले सोही मुद्दामा गुलरिया-११ का सलिम गद्दीलाई ६० हजार, गुलरिया-६ का इरफान मनिहारलाई १ लाख ५० हजार, नदिम शेष मन्सुरलाई ५० हजार, मोहम्मद जैद शेषलाई ५० हजार र राजु कुरेशीलाई १ लाख रुपैयाँ धरौटी लिई तारेखमा छाडिएको छ । अन्य आरोपी फरार छन् ।
एमाले,कांग्रेसको पार्टी कार्यालय, गुलरिया नगरपालिकाको कार्यालयमा तोडफोड, लुटपाट र आगजनीको आरोपमा प्रहरीले २२ जना विरुद्ध अपराधिक तथा अपराधिक उपद्रवसम्बन्धी कसुर मुद्दा दायर गरेको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच