काठमाडाैं । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा एकीकृत सेवा कार्यालय स्याङ्जाद्वारा दुई दिने बालिका तथा किशोरी आत्मरक्षा तालिम सिटी हल चापाकोटमा सम्पन्न भएको छ ।
"आत्मविश्वासयुक्त बालिका र किशोरी : लैङ्गिक हिंसा र विभेदको अन्त्य, समता र समानतासहितको न्यायपूर्ण समुन्नत समाजको निर्माण” भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बालिका तथा किशोरीहरुलाई आत्मरक्षा तालिम मंसिर २१ र २२ गते गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेल, चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइराला, शिक्षा अधिकृत ईन्दु भेटबाल,प्रहरी नायव उपरीक्षक दिपक मल्ल, शिक्षक, विभिन्न विद्यालयका छात्राहरु र सरोकारवालाको उपस्थिति थियो ।
प्रमुख अतिथि सुनिता थापाले साँच्चिकै अर्थपूर्ण र प्रेरणादायी अनुभव सम्हाल्न पाएको धारणा व्यक्त गर्दै बालिकाहरूका आँखामा देखिएको ताकत, जुझारूपन र भविष्यको चमकले कार्यक्रम वास्तविक रूपमा सफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, "आत्मरक्षा हातको बल मात्र होइन, मनको बल पनि हो । मन बलियो भयो भने शरीर आफैँ सुरक्षित हुन्छ ।"
कार्यक्रममा कराँते प्रशिक्षक तास्बिन पुनको टोलीले आत्मरक्षा सम्बन्धी प्रयोगात्मक प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षक आयुष्मा काफ्लेले गुड टच र ब्याड टचको विषयमा प्रशिक्षण दिनुभएको थियो भने बिना रेग्मीले बालिका र किशोरीहरुमा नेतृत्व विकास तथा उत्प्रेरणाको विषयमा प्रशिक्षण दिनुभएको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच