भोजपुर । पहाडी जिल्ला भोजपुरमा लाग्ने ऐतिहासिक डवली मेला आगामी पौष ४ गतेबाट सुरु हुने भएको छ । डाँडागाउँ टोल बिकास संस्थाको आयोजनामा एक महिने मेलाको तयारी सुरु गरिएको हो ।
मेलाका विषयमा संस्थाले सरोकारवालाहरुसँग बृहत छलफल समेत गरेको छ । राजनीतिक दल, नागरिक समाज र जिल्लामा क्रियाशिल संचारकर्मीहरुलाई आयोजक पक्षले मेलाका बारेमा जानकारी समेत गराएको छ । आगामी पौष ४ गतेबाट माघ ३ गतेसम्म एक महिना मेला लगाउने तयारी सुरु गरिएको संचालक समितिका संयोजक दिपक जोशीले जानकारी दिनुभयो ।
भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा मेला आयोजना गरिएको आयोजक संस्थाका सदस्य देउप्रकाश राईले बताउनुभयो । आन्तरिक तथा बाह्रय पर्यटन प्रवर्द्धनका साथै आर्थिक कारोवारमा समेत मेलाले भुमिका निर्वाह गर्ने राईको भनाई रहेको छ । राईले भन्नुभयो, “बर्षौ देखिको ऐतिहासिक मेला भएकाले यसलाई निरन्तरता दिनका लागि गत बर्षहरुमा जस्तै यस बर्ष पनि मेला आयोजना गरिएकोे छ, यसमा सवैको साथ सहयोगको अपेक्षा गरेका छौ ।”
मेलामा बिभिन्न खेलहरुका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुतिहरु समेत रहने छ । मेला संचालनका लागि दिपक जोशी संयोजक रहेको ७ सदस्यीय समिति समेत गठन गरिएको छ । जसमा देउप्रकाश राई, गणेश तामाङ, सुरेश तामाङ, सन्तोष भुजेल, सुजित श्रेष्ठ र राजनकुमार तामाङ सदस्य हुनुहुन्छ ।
मेलामा मनोरञ्जनात्मक खेलहरु, स्थानीय उत्पादनका स्टलहरु, ब्यापारिक स्टलहरुका साथै अन्य बिभिन्न कार्यक्रमहरु हुने आयोजक संस्थाले जनाएको छ । सरोकारवाला निकायका प्रतिनिधीहरुले भने मेलालाई ब्यवस्थित र ऐतिहासिकरुमा संचालन गर्न आग्रह गर्नु भएको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच