इलाम । इलाममा जेन्जी आन्दोलनका नाममा गत भदौ २४ गते विभिन्न सरकारी कार्यालयहरूमा गरिएको तोडफोड र आगजनी घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय इलामले १५ जनालाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान अघि बढाएको छ । प्रहरीकाअनुसार पक्राउ परेकाहरूलाई सम्मानित जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको नाम, उमेर र ठेगाना सार्वजनिक गर्दै उनीहरूको गतिविधिबारे आवश्यक प्रमाण संकलन भइरहेको जानकारी दिएको छ ।
घटनामा संलग्न रहेको आशंकामा इलाम नगरपालिका-७ का ५२ वर्षीया कमल कुमार साह हलुवाई, इलाम-६ का २९ वर्षीय बिशाल नौभाङ, इलाम-७ का ४० वर्षीय पवित्तर मल्लिक, इलाम-९ का ३९ वर्षीय होम बहादुर खवास, तथा फाकफोकथुम-३ का २३ वर्षीय आदर्श राईलाई अलग-अलग स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसैगरी, इलाम-४ का ३६ वर्षीय यादव तिवारी, इलाम-६ का ३० वर्षीय अर्जुन त्रिखत्री, सन्दकपुर-२ की २५ वर्षीया अन्जु राई, इलाम-१ का ३० वर्षीय सागर संग्रौला, र मिक्वाखोला-२, ताप्लेजुङका ३२ वर्षीय तेज कुमार विक पक्राउ परेका छन् ।
त्यस्तै, इलाम-१२ का २८ वर्षीय अनिष राई, झापा पृथ्वीनगर घर भई हाल इलाम-५ बस्ने २३ वर्षीय मोहन कुमार लिम्बु (फत्रक), इलाम-५ का ४३ वर्षीय सुरज राई (उर्फ सुरज गुरुङ), इलाम-९ का ४६ वर्षीय टिकाराम चौहान, र ३६ वर्षीय सबिन राईलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले तोडफोड र आगजनीमा संलग्न अन्य सम्भावित व्यक्तिहरूको पनि पहिचान हुँदै गएको तथा सम्पूर्ण घटना विस्तृतरूपमा अनुसन्धान भइरहेको उल्लेख छ ।
उहाँकाअनुसार, सरकारी संरचना तोडफोड तथा आगजनीजस्ता गम्भीर आपराधिक क्रियाकलापमा संलग्न जो-कसैलाई कानूनी दायरामा ल्याउन प्रहरी प्रतिबद्ध रहेको बताएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच