काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुदकी पदक विजेता एवं अन्तर्राष्ट्रिय निर्णायक अस्मिता खड्का चीनमा आयोजना भएको ‘चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप’मा उत्कृष्ट निर्णायक घोषित हुनुभएको छ । चीनको वुक्सीमा गत अक्टोबर २४ देखि ३० तारिखसम्म सञ्चालन भएको च्याम्पियनसिपमा उहाँले उत्कृष्ट निर्णायकको उपाधि जित्नुभएको हो ।
उहाँले यसअघि गत सेप्टेम्बरमा स्विट्जरल्याण्डमा आयोजना भएको ‘स्विस ओपन’मा पनि निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । यस्तै, दक्षिण कोरियाको चुन्चेनमा आयोजना भएको चुन्चेन कोरिया ओपन र दक्षिण कोरियाकै बुसानमा भएको किमुनयोङ कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि उहाँले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
तेक्वान्दोको पाँचौं डान ब्ल्याकबेल्ट अस्मिता ग्योरोगी र पुम्सेको अन्तर्राष्ट्रिय निर्णायक हुनुहुन्छ । उहाँले २०२४ जुनमा मलेसियामा सञ्चालन भएको अन्तर्राष्ट्रिय रेफ्री कोर्स उत्तीर्ण गर्नुभएको थियो । यस्तै, गत जनवरी १७ देखि २० तारिखमा भारतको पुनेमा सञ्चालन गरेको अन्तर्राष्ट्रिय पुम्से रेफ्री कोर्स उत्तीर्ण गर्नुभएको थियो ।
अस्मिताले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुभएको छ । उहाँले बृहत् राष्ट्रिय प्रतियोगितासँगै थुप्रै प्रतियोगितामा सफलता हासिल गर्नुभएको छ । अस्मिताले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि आफूलाई अब्बल साबित गर्नुभएको छ ।
अस्मिताले सन् २०२४ मा लेभल वान कोचिङ कोर्स पनि उत्तीर्ण गर्नुभएको छ । विभागीय टोली नेपाल एपिएफ क्लबमा आबद्ध अस्मिताले त्यहीँको तेक्वान्दो टिम हेर्दै आउनुभएको छ । उहाँले विभिन्न प्रतियोगितामा एपिएफलाई सफलता दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच