एजेन्सी । ब्रुनो फर्नान्डेसको उत्कृष्ट प्रदर्शन प्रेरित म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार राती रेलिगेसन क्षेत्रको उल्भरह्याम्पटनविरुद्ध ४-१ को सहज जित दर्ता गरेको छ । जितसँगै १५ खेलबाट २५ अंक जोडेको युनाइटेड छैटौँ स्थानमा उक्लिएको छ, जबकि पराजित उल्भरह्याम्पटन समान खेलबाट मात्र दुई अंकसहित पुछारमा छ ।
मोलिनेयुक्स रंगशालामा खेलेको खेलमा पाहुना टोली युनाइटेडका लागि फर्नान्डेसले दुई गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो । त्यसैगरी ब्रायन एमबेउमो र मेसन माउण्टले एक-एक गोल थप्नुभयो । उल्भरह्याम्पटनका लागि जिनलरिकनर बेलेगार्डेले खेलको पहिलो हाफको इन्जुरी समयमा गोल फर्काउनुभयो ।
खेलको २५औँ मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाउनुभएको थियो । पहिलो हाफको इन्जुरी समयमा बेलेगार्डेले उल्भरह्याम्पटनका लागि बराबरी गोल फर्काउनुभयो । दोस्रो हाफको सुरुमा एमबेउमोले ५१औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई पुनः अग्रता दिलाउनुभयो । ६२औँ मिनेटमा माउण्टले टोलीका लागि तेस्रो गोल थप्नुभयो ।
फर्नान्डेसले ८०औँ मिनेटमा पेनाल्टीमार्फत् व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको जित पक्का गर्नुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच