काठमाडौं । गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर थाइल्याण्डमा लुम्बिनी-नेपाल मिनी म्याराथन आयोजना गरिने भएको छ । विश्वशान्तिका दूत गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीलाई प्रचारप्रसार गर्ने लक्ष्यसहित २०८३ साल वैशाख महिनाको तेस्रो हप्ता (सन् २०२६ मे महिनाको पहिलो हप्ता) उक्त कार्यक्रम आयोजना गर्ने तयारी नेपाली दूतावासले गरेको छ । यो प्रतियोगितामा १० किलोमिटर तथा पाँच किलोमिटर दौड समावेश गरिनेछ ।
यस सम्बन्धमा मंगलबार नेपाली राजदूतावास, थाइल्याण्डमा सरोकारवाला संघ संस्थाहरूको सहभागितामा एक छलफल कार्यक्रम सम्पन्न भएको थियो । उक्त छलफलमा नेपाल एयरलाइन्स, गैर-आवासीय नेपाली संघ-थाइल्याण्ड राष्ट्रिय समन्वय परिषद्, पिपुल अफ नेपाली ओरिजिन एसोसिएसन, थाई-नेपाल संघ, थाई-नेपाल फ्रेण्डसिप एसोसिएसन, संयुक्त राष्ट्रसंघीय निकायहरूमा कार्यरत नेपालीहरू, वेष्टर्न युनियन, एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजी, किङ मुङ्कुट विश्वविद्यालयका प्राध्यापक-विद्यार्थी तथा थाइल्याण्डमा विभिन्न पेशा सञ्चालन गरिरहेका नेपाली उद्यमीहरूसहित म्याराथन सञ्चालन गर्ने केही थाई नागरिकहरूको समेत सहभागिता थियो ।
कार्यक्रम आयोजनाका लागि थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीको संरक्षणमा, उपनियोग प्रमुख मोतिबहादुर श्रीसको संयोजकत्वमा थाइल्याण्डमा स्थापित नेपालसँग सम्बन्धित सबै संघ-संस्थाका प्रतिनिधिहरू समावेश हुने गरी एक आयोजक समिति गठन गरिएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच