ढाका । बंगलादेशका स्टार अलराउण्डर शकिब अल हसनले क्रिकेटका तीनै ढाँचाबाट सन्न्यास फिर्ता लिनुभएको छ । मोइन अलीको पोडकास्ट ‘बियर्ड बिफोर विकेटुमा उहाँले क्रिकेटका तीनै ढाँचाः टेष्ट, एकदिवसीय र टी-२० बाट सन्न्यास नलिएको बताउनुभएको हो । ‘मैले अहिलेसम्म कुनै पनि ढाँचाबाट सन्न्यास लिएको छैन । मेरो योजना बंगलादेश फर्कने र पूर्ण घरेलु शृंखला खेल्ने हो,’ उहाँले भन्नुभयो, ‘त्यसपछि, म एकैसाथ तीनै ढाँचाबाट सन्न्यास लिनेछु । शृंखला कुन ढाँचामा सुरु हुन्छ भन्ने कुराले फरक पार्दैन । म केवल अन्तिमपटक फ्यानहरूको अगाडि खेल्न चाहन्छु ।’
शकिब मे २०२४ देखि बंगलादेश फर्किनुभएको छैन । अगष्ट ५, २०२४ मा सरकार परिवर्तन भएपछि उहाँको सुरक्षाका बारेमा प्रश्न उठाइएको थियो । उहाँ अवामी लिगको सांसद हुँदा पनि उहाँलाई कथित हत्याको मुद्दामा नाम लिइएको थियो ।
यद्यपि, यस अवधिमा उहाँले पाकिस्तान र भारतमा टेष्ट शृंखला खेल्न जारी राख्नुभयो । भारतविरुद्धको कानपुर टेष्ट (सेप्टेम्बर २०२४) उहाँको अन्तिम अन्तर्राष्ट्रिय खेल थियो । ‘म फर्कने आशामा छु । त्यसैले म हाल विश्वभरका विभिन्न टी-२० लिगहरूमा खेलिरहेको छु । घरेलु शृंखलामा नतिजाको कुनै दबाब हुनेछैन,’ उहाँले भन्नुभयो, ‘म वर्षौंदेखि मलाई माया गर्ने फ्यानहरूलाई धन्यवाद दिन चाहन्छु । खेलाडीले आफ्नो वचनमा अडिग रहनुपर्छ । म कसरी खेल्छु भन्दा पनि उनीहरूको अगाडि खेलेर मेरा फ्यानहरूलाई फिर्ता दिनु महत्वपूर्ण छ ।’
शकिबले गत वर्ष भारत भ्रमणका क्रममा आफ्नो सन्न्यासको घोषणा गर्नुभएको थियो । शकिबले सेप्टेम्बर २७ देखि नोभेम्बर १ सम्म कानपुरमा खेलिएको बंगलादेश र भारतबीचको दोस्रो टेष्टअघि टेष्ट र टी-२० बाट सन्न्यासको घोषणा गर्नुभएको थियो । एजेन्सी







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच