काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी पुस २५ गतेदेखि सुरु गर्ने भनिएको राष्ट्रिय लिग फुटबलमा १७ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । सुरुमा ‘ए’ डिभिजनका ६ र एन्फा प्रेसिडेन्ट कपका सेमिफाइनल पुगेका चारसहित १० क्लबले प्रतिस्पर्धा गर्ने तय थियो । तर, पछिल्लो समय एन्फादेखि युवा तथा खेलकुद मन्त्रालयसम्मको छलफल अनि फुटबल खेलाडी संघको आन्दोलनपछि एन्फाले राष्ट्रिय लिगमा अन्य क्लबका लागि पनि खेल्ने बाटो खुला गरेको थियो ।
त्यसमा बाँकी आठ ‘ए’ डिभिजन क्लबमध्ये सात क्लबले नाम दर्ता गरेपछि कुल १७ क्लब पुगेको हो ।
‘राष्ट्रिय लिगमा ए डिभिजनका १३ र प्रेसिडेन्ट कपका चार गरी १७ क्लबको सहभागिता हुनेछ । हिमालयन शेर्पा क्लबले भने नाम दर्ता गरेको छैन,’ एन्फा प्रवक्ता सुरेश शाहले भन्नुभयो । पछिल्लोपटक २०७९÷८० मा भएको शहीद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष ६ मा रहेका क्लब र एन्फा प्रेसिडेन्ट लिगमा सेमिफाइनलमा पुगेका चार क्लबबाहेक ‘ए’ डिभिजनका अन्य सात क्लब पनि थपिएको हो ।
पछिल्लो ‘ए’ डिभिजन लिगमा च्याम्पियन बनेको चर्च ब्वाइज युनाइटेडसहित मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब र न्युरोड टिम (एनआरटी) शीर्ष ६ मा थिए ।
यस्तै, एन्फा प्रेसिडेन्ट लिगमा सेमिफाइनल पुग्दै लालीगुराँस युवा क्लब, चित्लाङ एफसी, नव जनजागृति क्लब र काँक्रेविहार स्पोटर््स क्लब पनि लिगका लागि छनोट भएका छन् ।
राष्ट्रिय लिगका लागि नयाँ थपिएका ‘ए’ डिभिजन क्लबहरूमा त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी क्लब, संकटा क्लब, फ्रेण्ड्स क्लब, एपिएफ क्लब, प्लानिङ ब्वाइज क्लब र श्री भगवती क्लब छन् । हिमालयन शेर्पा क्लबले मात्र राष्ट्रिय लिगका लागि नाम दर्ता गरेन ।
पछिल्लोपटक भएको ‘ए’ डिभिजन लिगबाट थ्री स्टार क्लब र एफसी खुमलटार रेलिगेसनमा परेका थिए भने शहीद स्मारक ‘बी’ डिभिजन लिगबाट प्लानिङ ब्वाइज र श्री भगवती बढुवा हुँदै ‘ए’ डिभिजनमा उक्लेका हुन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच