झापा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा १ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सिफारिस भएको छ ।
कांग्रेस झापा क्षेत्र नम्बर १ को आज सम्पन्न बैठकले महामन्त्री शर्माको एकल नाम प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
सो क्षेत्रमा क्रियाशील नेताहरूको समेत प्रस्तावमा शर्माको एकल नाम सर्वसम्मत सिफारिस गरिएको सभापति बुढाथोकीले बताउनुभयो । " झापा १ बाट उहाँको एकल नाम प्रस्ताव भयो, सोही प्रस्तावका आधार क्षेत्रीय समितिले सर्वसम्मत निर्णय गरेको हो " सभापति बुढाथोकीले भन्नुभयो ।
क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभाको समानुपातिक तर्फ पनि नाम सिफारिस गरेको छ । समानुपातिक तर्फ रामबहादुर कट्टेल ( राम कट्टेल) गोमा भट्टराई , शोभा श्रेष्ठ नेम्बाङले, खड्गबहादुर धिमाल, नारायण गिरी र राधा कार्कीको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न क्षेत्रीय समितिलाई तोकिएको आज अन्तिम मिति हो ।
शर्मा २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा ३९ हजार ६२४ मतसहित विजयी बन्नुभएको थियोे । त्यसबेला शर्माका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अग्नीप्रसाद खरेलले २५ हजार ३४९ मत ल्याउनु भएको थियोे । दुई पटक उपविजेता बन्नु भएको शर्मा ठूलो मतान्तरसहित तेस्रोपटकमा पहिलोपटक संघीय सांसद निर्वाचित हुनु भएको थियोे ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच