काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले चम्पादेवी हिलसाइड रिसोर्टमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
सम्झौताअनुसार रिसोर्टमा बैंकका ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
साथै एसबिएलएनपिएल टिकट होल्डर्सका लागि रिसोर्टसँगको सहकार्यअन्तर्गत एसबिएल-एनपिएल सिजन-२ सम्म लागू हुने विशेष छुट अफर उपलब्ध गराइएको छ, जसअन्तर्गत एसबिएल-एनपिएल टिकट होल्डर्सले आफ्नो टिकट देखाई भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ ।
सम्झौताले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच