काठमाडौं । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, दाङमा ठेक्का प्रक्रियामा गम्भीर अनियमितता र मिलेमतो भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात कार्यालय कर्मचारी र एक कम्पनीका सञ्चालकमाथि विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
हरिगाउँ खानेपानी तथा सरसफाइ परियोजनाअन्तर्गत ‘Construction of Deep Tube Well’ कार्यमा बढी कबोल गर्ने कम्पनीलाई गैरकानूनी रूपमा ठेक्का दिएको, प्रतिस्पर्धा सीमित पारिएको र सरकारी सम्पत्तिमा आर्थिक हानि पुर्याइएको उजुरीको आधारमा भएको अनुसन्धानपछि अख्तियारले कारबाही अघि बढाएको हो।
अख्तियारले सबै प्रतिवादीविरुद्ध कानुनी सजायको मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आजबाट मुद्दा दायर गरेको जनाएको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच