काठमाडौं । गीतकार एवं चलचित्र निर्देशक तथा निर्माता डा.सुबोधकुमार पोखरेलको गीति एल्बम ‘परेली’को विमोचन गरिएको छ । सोमबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच उहाँका छवटा गीत संग्रहित एल्बम ‘परेली’ र दुईवटा गीतको भिडियो विमोचन गरिएको हो ।
वरिष्ठ चलचित्रकर्मी एवं गीतकार नीर शाह, चलचित्र पत्रकार प्रकाश सुवेदी, टेलिभिजन पत्रकार टीकाराम यात्री, गायक परियार र चलचित्र निर्माता सुनिल पोखरेलले एल्बमको विमोचन गर्नुभएको थियो । डा.पोखरेलका यी गीतहरूमा दीपक शर्माको संगीत, नरेन्द्र बियोगीको एरेञ्ज रहेको छ भने राजेश पायल राई, अञ्जु पन्त, शिव परियार, प्रमोद खरेल, प्रवीण बेडवाल, रचना रिमाल र वेनिशा पौडेल जस्ता गायक गायिकाकाहरूको स्वर रहेको छ ।
गीत भिडियो सार्वजनिक अवसरमा वरिष्ठ चलचित्रकर्मी एवं गीतकार शाहले संगीत क्षेत्रमा नवीनतम् प्रयोग नभएसम्म यसको श्रीवृद्धि हुन सक्दैन भन्नुभयो । उहाँले गीति साहित्य सरल, सुसंस्कृत साहित्य भएको बताउँदै साहित्यका अन्य विधाभन्दा गीति क्षेत्र कम सशक्त छैन भन्नुभयो ।
संविधानसभाका सदस्यसमेत रहनुभएका गीतकार डा. पोखरेलले गीतसंगीत क्षेत्रको विकासबिना राष्ट्रको विकास हुन नसक्ने भएकाले आफूले चिकित्सकीय क्षेत्रको अतिरिक्त चलचित्र र सांगीतिक क्षेत्रलाई पनि महत्व दिएको बताउनुभयो ।
कार्यक्रममा पत्रकारद्वय सुवेदी र यात्रीले साहित्य, कला र संगीत बिनाको मानिस पशुतुल्य हुने बताउँदै डा.पोखरेलको गीति लेखन, चलचित्र निर्माता एवं निर्देशनको भूमिका प्रशंसनीय रहेको बताउनुभएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच