रही तेना रहये बापदादा जेना
त्यसरी बस्नु जसरी बाहजुर्बा बसेका थिए । यो मैथिली भाषाको उखान हो । यसले हामीलाई एकातिर आफ्ना पूर्वजको जीवन स्थितिलाई यथासम्भव अनुशरण गर्ने सन्देश दिएको भने अर्कातिर उखानलाई चटक्क बिर्सेर मैथिलहरूले पुर्खाको नामै मेटाइदिएका छन् । नेपालको महाकाली प्रदेशदेखि कोशी प्रदेशका बीचमा पर्ने मिथिला प्रदेशलाई मैथिलले किन मधेस प्रदेश भन्न रुचाए यो मैले नबुझेको कुरो हो । मैथिली भाषासाहित्य र मिथिलादेखि विदेहराज शिरध्वज जनकसम्मको मैथिलीय महàवन बुझेर भनौं भने सीता, गार्गी, मैत्रेयी, उत्पला, घोषा, याज्ञवल्क्य, अष्टावक्र, गौतम, अहिल्या जस्ता नारीपुरुषले निर्माण गरेको इतिहास बिर्सेर मधेस प्रदेश किन भने मलाई लाग्छ मैथिलीकै एउटा उखान छ ‘ईष्र्ये नागरि’ यसको अर्थ सौताका रिसले पोइको खुट्टा काट्नु जस्तै हो ।
नेपालमा बसोवास गर्ने जात, थर, गोत्र, प्रवरावली अनुसार सबैभन्दा बढी पुर्खाका पद चिह्न पैल्याएर पुरुषार्थ प्रदर्शन गर्ने समुदायका रूपमा नेवार समुदाय देखापर्दछ । ब्राह्मण क्षत्रीले अँगेनु मासे, दैलो बिगारे, दैलाको ठेलो पोत्न छाडे । आँट, बलेसी, पोत्न छाडे । आज पनि नेवारहरू रातामाटाले दैलाको ठेलो पोत्छन् ।
कोशी प्रदेश इतिहास सम्मतै रहेको देखिन्छ । बागमती प्रदेश देवाधिदेव महादेव र पार्वतीका हासपरिहासबाट प्रस्रवित बागमती नदीको पुराणप्रसिद्ध महिमालाई आत्मसात गरेको देखिन्छ । गण्डकी प्रदेशको स्कन्दपुराण अनुसार गण्डकी प्रस्रवण क्षेत्रको महिमानुरूप नै नाम राखिएको देखिन्छ । शारदा या महाकाली प्रस्रवण क्षेत्र पुराणश्रित छ । लुम्बिनी प्रदेश पुराणप्रसिद्ध रहेको देखिन्छ । नेपालको मिथिला मध्यप्रदेश होइन । यसलाई लोकबोलीले मधेस भने पनि यो मधेस प्रदेश भनेर जति भू-भाग छुट्याइएको छ त्यो मिथिला प्रदेशमै पर्दछ ।
उपनिषद्, मिथिलामहात्म्य, शुक्लयजुर्वेद प्राचीन वैदिक साहित्यको अनुशीलनबाट राजा जनकको राजधानी रहेको वर्तमान जनकपुरले अभिसिञ्चित भूभागको नाम मिथिला प्रदेश भएको भए समग्रमा नेपाल पुराणप्रसिद्ध हैमक्रोडस्थित ऋषिमहर्षिको तपोभूमिका रूपमा सुप्रतिष्ठित रहेको देखाउन सकिन्थ्यो । इतिहास वंशपरम्पराभन्दा भिन्न रूपमा स्थापित हुनखोज्नेलाई धन्नुकारी भनिन्छ । वंशपरम्परा र इतिहास अनुकूल पुरुषार्थ प्रदर्शक सन्ततिलाई कुलदीपक भनिन्छ भन्ने कुरो न्याय, व्याकरण, वैशेषिक र साहित्यका साथै आधुनिक विधाका विद्यामा अद्वितीय विद्वद्भूमिका मैथिललाई ज्ञान भएन कसरी भन्ने ?
गोत न कुलको यो नाम परिवर्तन गरी मैथिलीय चरित्रको ज्योतिविष्फारणार्थ समग्र मैथिलको ध्यान जाओस् भन्नुबाहेक अर्को विकल्प मसँग छैन । सांस्कृतिक आचरण पालनका दृष्टिले पहाड-मधेस जहाँका भए पनि क्षेत्री-बाहुन नै गतिछाडा देखिएका छन् । यिनलाई जति सभ्य देखिने र अवसर छोप्ने लोभले अरू कुनै जातजातिलाई छोएको देखिँदैन ।
संस्कार संस्कृतिका उपासक नेवार
नेपालमा बसोवास गर्ने जात, थर, गोत्र, प्रवरावली अनुसार सबैभन्दा बढी पुर्खाका पदचिह्न पैल्याएर पुरुषार्थ प्रदर्शन गर्ने समुदायका रूपमा नेवार समुदाय देखापर्दछ । ब्राह्मण-क्षत्रीले अँगेनु मासे, दैलो बिगारे, दैलाको ठेलो पोत्न छाडे । आँट, बलेसी, पोत्न छाडे । आज पनि नेवारहरू रातामाटाले दैलाको ठेलो पोत्छन् । बलेसीमा अलिकति ठाउँ पोतर पवित्र गराएर पूजार्चना गरेको देखिन्छन् । विस्मृतिका गर्तमा पुगेका शंखधरलाई खोजेर संघर्ष गरेर राष्ट्रिय विभूतिमा स्थापित गरेर छाडेका छन् । अमेरिकामा गएर बसेका नेवार पनि काठमाडौं-भक्तपुरमा बस्ने नेवारका चाड तिथि व्रतपूजा अर्चनाका अतिरिक्त खानपान स्वागत सत्कार गर्ने कुरामा अलिकति कमी आउन नदिकन बसेका भेटिँदा रहेछन् ।
म केही वर्ष पहिले अमेरिका जाँदा क्षेत्री-बाहुन जुन समाजमा बसेका छन् त्यहीँका चालचलन रीतिरिवाजमा घुलमिल भएका देखिए भने नेवार चाहिँ त्यहाँ पनि आफ्ना पुख्र्यौली कृत्यका साथ ठाँटले बाँचेका देखिए । यसरी हेर्दा वैदिकबाट धेरै कुरामा अवैदिक बन्न लागिसक्यौं आज पनि नेवार सम्प्रदाय आफ्ना संस्कृति पालन गरेर युगानुकूलनमा कोहीभन्दा कम भएर बसेका छैनन् । तामाङ, गुरुङ, मगर समुदाय विश्वका अनेकौं धर्मसंस्कृतिको प्रभावमा रहँदारहँदै पनि केही महत्वपूर्ण कुरामा अपरिवर्तनीय छन् । जस्तो सांस्कृतिक चाडपर्वको भेषभूषा पहिरनमा, ह्लोसार मनाउने, विभिन्न लोकसंस्कार जो हिजो राजाका प्रशासनले विलुप्त गराएको थियो तिनलाई प्रजातन्त्र प्राप्तिपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमै मनाउन लागेका दृश्य समाचार आएको पाइन्छन् ।
क्षेत्री-बाहुन भने बँदेल, बंगुर, खाने पाश्चात्य भेषभूषामा रमाउने, बफ ममः महँगाउने नेपाली ढाका या भादगाउँले टोपी लाउन लजाउने बेलायती पाराको ह्याट लाउँदा र टाई झुण्ड्याउँदा इज्जतदार बनेको महसुस गर्नेको संख्या बढ्दो छ । प्राचीन वैदिक परम्परालाई अविकसित अवस्थाका गँवार कृत्यका रूपमा लिन ब्यग्र देखिँदा रहेछन् । यसरी हेर्दा नेपालको राजनीति, अर्थनीतिका साथै विधि व्यवहार बिगार्ने काममा सबैभन्दा ठूलो योगदान ब्राह्मण–क्षत्रीय भनाउँदा म्लेक्ष व्यवहारीबाट भएको देखिन्छ ।
यदि नेपालका प्राचीन परम्परा रक्षा गर्न सकिएन भने देशको इतिहास विश्वका लागि पठनीय र बोधव्य नमानिन सक्छ । ऋग्वेद प्रसिद्ध दश प्रकारका गाणतान्त्रिक व्यवस्थालाई यिनले पुच्छर काटेका कुकुरलाई गधा या गाई भन्न नसकिने कुकुरै रहने भनेजस्तै घिनलाग्दो बनाएर छाडिदिएका छन् जसको दुष्परिणाम नवपुस्ता विद्रोह (जेन-जी आन्दोलन) हो । आओ जेन-जी भाइबहिनी हो ! एकपटक आफ्नै पितापुर्खाका कुरा गरौं ।
वैदिक राष्ट्रगान
ॐआब्ब्रह्मन्ब्राह्मणोब्ब्रह्मबच्र्चसी जायतामाराष्ट्रे राजन्यः शूरऽइषव्व्योऽतिव्याधीमहारथो जायतान्दोग्ध्र्री धेनुव्र्वोढानड्वानाशुः सप्तिः पुरन्ध्यिर्योषा जिष्णू रथेष्ठाः सभेयो युवास्ययजमानस्यव्वीरो जायतान्निकामेनिकामे नःपज्र्जन्न्योव्वर्षतु फलवत्योनऽओषधयःपच्यन्तां्ययोगक्षेमो नःकल्प्पताम् ।।
राष्ट्रभरिका ब्राह्मणवेदज्ञ तथा रहस्यबोधमा तेजी होऊन् । क्षेत्रीहरू शूरा, स्वस्थ, महारथी तथा रक्षाक्षम होऊन् । गाई कामधेनु समानका दुहुना होऊन् र गोरु साँढेजस्ता बलिया होउन् । घोडा वायुजस्तो वेगशाली र नारी विदुषी सुशीला, असल चरित्र चिन्तनका होऊन् । देशका युवायुवती योद्धा, वीर, स्वस्थ र विद्वान् होऊन् । सद्गुण भएका दिव्यचरित्रका देशभरिकै युवक होऊन् । कल्पकल्पान्तसम्मै सक्षम, योग्य, रूपवान्, मेधावी, धन र धान्यले देशमात्र होइन सारा विश्वकल्याण गर्न उद्यत् रहने सन्तान दरसन्तान बनून् ।
ऋग्वेदले दश प्रकारका राजाविहीन गणतन्त्रको कल्पना यस प्रकारले गरेको छ । मेरा कुरा विश्वास नलागे वाल्मीकि विद्यापीठमा गएर वेदज्ञ गुरुसँग (जो शास्त्रज्ञ छन् टुप्पी जनाई र कन्धनी छामेर कुशल रहेको कल्पना गर्दैनन्)लाई सोध्नुहोस् । राजालाई बिदा गरेर खशेपु जस्ता अति दम्भी, घमण्डी र नौटंकीवाजका जालबाट देशलाई मुक्त गर्ने दायित्व तिमीहरूकै काँधमा अहिले पनि छँदैछ । पुराना ठूला दलका दुईजना भेट भयो कि प्रजातन्त्रको प्राणस्वरूप निर्वाचनमा ग्रहण लाउने प्रयत्न आरम्भ भएको संकेत देखापरेको छ । मंसिर २० गतेको भेटपछि कांग्रेस सभापतिले गरेको आचरण प्रजातन्त्रविरोधी र ज्ञानेन्द्र ओली अनुकूलको देखिएको छ ।
फेरि तिनै दुईको युग दोहोर्याउने कुनै साजिस त होइन यो ? भलै अहिले तिमीहरूका समर्थनबाट बनेका धेरै मन्त्री, प्रधानमन्त्रीमध्ये योग्य मानिएका एकजना रामेश्वर खनालबाहेक सुसभ्य र राष्ट्र हाँक्ने आँट, हिम्मत र चेतना भएका आएनन् । युटुबे र टेलिभिजनमा देखापरेका विकाउ अनुहारले देश हाँक्न सक्छन् ? ओली दम्भी, अटेरी, घमण्डी भएर पनि भ्रष्टाचारीसमेत देखिए । त्यस्तै उनका अनन्य मित्र अपेक्षाकृत शालीन गम्भीर हुँदाहुँदै कसैले जे भन्छ त्यही मान्ने कमजोरी देखियो । का.बा. दिएर पन्सिएको झुटो भयो कि भएन ? बकुल्लाको मत्स्यभक्ति जस्तै यिनमा सत्ता लोभ देखिएन त ? अबको युवा पुस्ताले हास्यास्पद गतिविधिलाई डटेर चिर्न सक्नुपर्दछ ।
ओली दम्भी, अटेरी, घमण्डी भएर पनि भ्रष्टाचारीसमेत देखिए । त्यस्तै उनका अनन्य मित्र अपेक्षाकृत शालीन गम्भीर हुँदाहुँदै पनि कसैले जे भन्छ त्यही मान्ने कमजोरी देखियो । का.बा.दिएर पन्सिएको झुटो भयो कि भएन ?
प्रजातन्त्रमा अनेकौं मतमतान्तर हुन्छन् तर प्रजातान्त्रिक आचरण, मर्यादा र सामयिक औचित्यका साथै जनताको चाहना र विद्रोहले स्थापना गरेका मूल्यविरुद्ध जानुभनेको शुद्ध बदमासी हो । आफ्नै ज्ञानले जान्ने उम्दो मान्छे हो । अर्काले भनेको या परिस्थितिले सिर्जना गरेका कुरा बुझ्नु मध्यम चेतको कुरो हो भने बारम्बार थप्पड लाग्दा तिनै कार्य दोहोर्याउने काम पशुबाट मात्र भएको देखिन्छ ब्रह्माण्डमा । यसै प्रकारको चेत भएका मान्छेले चलाएको दलको पाशविक क्रियाकलापविरुद्ध तिमीहरू सडकमा आएका होइनौ ? पुनः त्यही स्थिति दोहोरियो भने तिमीहरूको सहादत र विद्रोहको कुनै मूल्य रहन्छ ? सोच, भाइबहिनी हो ।
युगीन चापबाट जन्मन्छ नेता
नेता आमाका कोखबाट पैदा हुँदाहुँदै पनि ऊ युगको आवश्यक्ताका चापबाट जनताका माझमा लोकप्रिय बन्दै आएर स्थापित हुन्छ । यस दृष्टिले भारत-नेपालका स्वनामधन्य विगतका नेताको कुरो सम्झन सकिन्छ । नेपाली कांग्रेसलाई हेर्दा अनेकौं बौद्धिक चरित्रवान् संगठनकुशल र नवयुवकको ठूलो समूह छ । नेपालका राजनीतिक आकाशमा मडारिएको कालो बादललाई चिर्दै पूर्वको पहाड र समथर प्रदेशमा हुर्केबढेका दुई युवा, पाको उमेर, ज्ञान, सक्रियता र संठन कौशलका साथ प्रचारप्रसार कौशलका अमीर व्यक्तिको मेलयुक्त समूह मिलाएर बुथ तहदेखि केन्द्रसम्म अति सन्तुलित जनताका प्रिय नेताबाट कांग्रेस विधिसम्मत ढंगले परिचालित हुन सकोस् भन्ने शुभकामना दिन चाहेका छन् देशका तमाम प्रजातन्त्रवादी शक्तिले ।
प्रजातन्त्र शालीन हुन्छ, सहिष्णु हुन्छ जनताका चाहनानुसार चल्छ । त्यसो भएकै कारणले यसलाई लोकतन्त्र या प्रजातन्त्र या डेमोक्र्यासी भनिएको हो । कांग्रेस असहिष्णु शासक र शासन प्रक्रियासँग जुधेर आएको पनि हो तर पनि कांग्रेसभित्र एक प्रकारको सभापतीय तानशाही चल्दै आएको देखिन्छ नै । यसपटक हुने महाधिवेशनले विधानसम्मत सामूहिक भावनालाई आत्मसात गरी तल्लो तहदेही केन्द्रसम्म कांग्रेसलाई चलाउने परिपाटी बसाउन सुझबुझ र संस्कारवान सभापति, विधि सबैभन्दा पालनीय व्रत हो भन्ने मनमस्तिष्क भएका पदाधिकारी भए भनेमात्र यो कुरो सम्भव छ भन्ने अब हामीजस्ता पुस्ताले भन्दा कांग्रेसभित्रका नवपुस्ताले सन्तुलन कायम गर्न/गराउन अग्रसर हुनुपर्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच