काठमाडौं । सरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धमा दीपक सुवेदीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुवेदीको अध्यक्षता तथा शरद अधिकारी र योगेन्द्रनाथ कर्माचार्य सदस्य रहेको जाँचबुझ आयोग गठनको निर्णय गरेको मंगलबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभयो ।
यसैगरी, नेपाल र मौरिससबीच सम्पन्न दोहोरो करमुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता अन्त्य गर्ने निर्णय गरिएको प्रवक्ता खरेलले जानकारी दिनुभयो । साथै नेपाल न्याय सेवा, न्याय समूहका चारजना सहसचिवहरूको सरुवा गर्ने निर्णय पनि गरिएको छ ।
मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८२/८३ का लागि उखु कृषकका लागि न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण गर्ने र प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी सिँचाइ व्यवस्थापन कम्पनी लिमिटेड स्थापना गर्न ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई स्वीकृति दिएको छ ।
बैठकले कोलम्बो प्लानको नवौं महासचिव पदमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको उम्मेदवारी मनोनयन गर्न स्वीकृति दिएको छ । साथै २०८२ मंसिर २९ र पुस १ गते भूटानको थिम्पुमा हुने क्षेत्रीय हावा गुणस्तर व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सचिव डा. दीपककुमार खराललाई सहभागी हुन स्वीकृति प्रदान गरिएको छ ।
सरकारले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा आगलागीमा परी मृत्यु भएका पत्रकार स्व. सुरेश रजकलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरेको छ । यसैगरी, २०८२ साल भदौ २३ र २४ गतेको ‘जेन-जी’ प्रदर्शनमा घाइते तथा अपांगता भएकाहरूका लागि राहत सहायता उपलब्ध गराउने कार्यविधि पनि स्वीकृत गरिएको छ । मन्त्रिपरिषद् बैठकले १० जिल्लाका ९४ हजार ५२७ गरिब परिवारको सूची स्वीकृत गर्नुका साथै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (दोस्रो संशोधन) नियमावली, २०८२ पारित गरेको छ । नेपाली सेनाका तीन जना महासेनानीहरूको सरुवा, एक जना सहायक रथीको पदावधि थप तथा एक जनाको उपरथी पदमा विशेष बढुवा गर्ने निर्णय पनि गरिएको छ ।
त्यसैगरी, महालेखा नियन्त्रक कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिइएको छ । मेहेलकुना–खटाङ–घुमखहरे त्रिकोणात्मक झोलुंगे पुल आयोजना, सुर्खेतलाई राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना तोक्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद् बैठकले सन् १९७३ मा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्वम्याराथुन धावक एवं ओलम्पियन जीतबहादुर के.सी. लाई सम्मान स्वरूप २५ लाख रुपैयाँ नगद प्रदान गर्ने निर्णयसमेत गरेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच