काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ ।
लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको थियो ।
एनपीएल पहिलो सिजनमा लिग चरणबाट बाहिरिएका दुवै टिम यो सिजन इलिमिनेटरबाट उपाधि यात्रामा अगाडि बढ्ने योजनाका साथ मैदानमा हुनेछन् ।
यो सिजन लिग चरणको भेटमा काठमाण्डुसँग २२ रनले पराजित भएको लुम्बिनी इलिमिनेटरमा बदला लिने तयारीका साथ मैदानमा हुनेछ । लिग चरणमा राम्रो प्रदर्शन गर्दै आएको काठमाण्डुले उपाधि जित्ने लक्ष्य लिएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच