झापा । टंकप्रसाद - रमादेवी पाठक पत्रकारिता पुरस्कार झापाका तीनजना पत्रकारलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाले ५० हजार ५५५ राशीको सो पुरस्कार सुरेन्द्र भण्डारी , इन्दु गौतम (पूर्वेली) र चिरञ्जीवी घिमिरेलाई समर्पण गरेको हो ।
महासंघ शाखा सचिव राजु पाठकका अनुसार २०८१ को पुरस्कर भण्डारी र गौतमलाई संयुक्त रूपमा र ०८२ को पुरस्कर घिमिरेलाई प्रदान गरिएको हो । भण्डारी र गौतमले २५ र २५ हजार र घिमिरेले ५० हजार ५५५ पाउनु भएको छ। पत्रकारिताको मध्यमबाट भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रबर्द्धनमा टेवा पुर्याउने पत्रकारलाई सो पुरस्कार समर्पण गरिएको हो ।
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिन हिजो प्रेस काउन्सिल नेपाल नवनियुक्ति अध्यक्ष कुमार शर्मा आचार्य, नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्का , प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले उहाँहरुलाई पुरस्कर समर्पण गर्नु भएको हो ।
पुरस्कारका अमेरिकामा रहेको हेम ( सरिता फाउन्डेसनले नेपाल पत्रकार महासंघ झापामा पाँच लाखको अक्षयकोष स्थापना गरेको छ । सोही अक्षयकोषको प्राप्त ब्याजबाट उक्त पुरस्कर वितरण गरिँदै आएको छ ।
सोही समारोहमा पत्रकारद्व्य जोष्ना श्रेष्ठ र रञ्जिता खड्कालाई जनही पाँच हजार राशिको प्रोत्साहन पत्रकारिता पुरस्कर प्रदान गरिएको छ । श्रेष्ठ र खड्का झापामा रहेर पत्रकारिता गरिरहनु भएको छ । भणडारी पूर्वाञ्चल दैनिक, गौतम जनआन्दोलन साप्ताहिक र घिमिरे नयाँ पत्रिकासँग आबद्ध हुनुहुन्छ ।
महासंघ झापा शाखाको ब्यानरमा सो पुरस्कर समर्पण गरिँदै आएको सो पुरस्कर गत वर्ष वितरण गर्न थाती रहेको र यस वर्षको पुरस्कर एकैदिन समर्पण गरिएको हो । कार्यक्रममा महासंघ शाखा एकराज गिरीको अध्यक्षता र स्वागत उपाध्यक्ष सुब्रत न्यौपानेले गर्नु भएको थियोे ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच