काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक 'पुष्पकमल दाहाल ‘प्रचण्ड’'ले जेनजी महोत्सवको उद्घाटन समारोहमा युवाहरूको कमजोर उपस्थिति देखिएपछि असन्तुष्टि जनाउनु भएकाे छ ।
अखिल क्रान्तिकारीले राष्ट्रियसभा गृहमा आजदेखि सुरु गरेको जेनजी महोत्सवमा आफू सहभागी हुँदा हल खाली देखिएपछि उहाँले आयोजकलाई समापन सत्रमा यस्तो अवस्थामा नपुग्न आग्रह गर्नुभयाे ।
प्रचण्डले भन्नुभयाे, 'जेनजी महोत्सव आयोजना गर्नु राम्रो कुरा हो, तर यहाँ आवश्यकताअनुसार युवाको उपस्थिति नदेखिँदा अलि नमज्जा लाग्यो। समापन समारोहमा हल खचाखच हुनुपर्छ। वाईसीएललाई भन्न सकिन्थ्यो, हामीलाई पनि जानकारी दिन सकिन्थ्यो। देशभर एकता सन्देश सभामा जति मानिस जुटेका छन्, यहाँ पनि त्यति नै जुटाउन सकिन्थ्यो।'
आगामी कार्यक्रम तयारीका साथ गर्नुपर्ने उल्लेख गर्दै उहाँले थप भन्नुभयाे, “हल भरिन गाह्रो थिएन। आवश्यक परे दुई–चार दिन पछि सारेर भए पनि राम्रो तयारी गर्न सकिन्थ्यो।”
पुस ५ गतेसम्म चल्ने महोत्सवमा युवाहरूको प्रतिभा खोजी, प्रस्तुती तथा विभिन्न परिचर्चा कार्यक्रम रहने आयोजक पक्षले जनाएको छ।










बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच