लण्डन । युइएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले पुनरागमन जित दर्ता गरेको छ । क्याम्प नोउमा मंगलबार राती घरेलु टोली बार्सिलोनाले फ्यांकफर्टविरुद्ध दुई-एकको पुनरागमन जित दर्ता गरेको हो । क्याम्प नोउमा तीन वर्षपछि बार्सिलोनाले च्याम्पियन्स लिग खेलेको हो ।
बार्सालाई जित दिलाउन कुन्डेले दुई र अन्सगर नउफले एक गोल गर्नुभयो । खेलको २१औँ मिनेटमा नउफले गोल गर्दै फ्यांकफर्टलाई अग्रता दिलाउनुभएको थियो । तर, टोलीले दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन । कुन्डेले ५०औँ मिनेटमा बार्सिलोनाका लागि बराबरी गोल फर्काउनुभयो । तीन मिनेटपछि नै कुन्डेले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई पुनरागमन जित दिलाउनुभयो । जितसँगै ६ खेलमा १० अंक जोडेको बार्सिलोना १४औँ स्थानममा छ । पराजित फ्याङ्कफर्ट समान खेलबाट चार अंकका साथ ३०औँ स्थानमा छ ।
यसैगरी, डोमोनिक स्जोबोसजलाईले खेलको अन्त्यतिर गरेको एकमात्र गोल निर्णायक बन्दा लिभरपुलले इन्टर मिलानविरुद्ध एक-शून्यको कठिन जित दर्ता गरेको छ । सान सिएरोमा स्जोबोसजलाईले पाहुना टोली लिभरपुललाई जित दिलाउन ८८औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्नुभयो । जितसँगै ६ खेलमा १२ अंक जोडेको लिभरपुल आठौं स्थानमा छ । पराजित इन्टर समान खेलबाट समान अंकका साथ पाँचौं स्थानमा छ ।
मंगलबारै सम्पन्न अन्य खेलमा मोनाकोले गालातासारे र ओलिम्पियोकसले काइरातलाई एक-शून्य, बायर्न म्युनिखले स्पोर्टिङलाई तीन-एक, मर्सेले रोयल युनियन सेन्ट गिलोइस र एट्लेटिको मड्रिडले पिएसभीलाई तीन-दुई, बार्सिलोनाले फ्याङ्कफर्ट तथा एटलान्टाले चेल्सीलाई दुई-एक तथा टोटनहमले साल्भिया प्रागलाई तीन-शून्यले पराजित गरे । एजेन्सी






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच