काठमाडौं । मूर्तिकार बालकृष्ण तुलाधरको निधन भएको छ । उहाँको ९२ वर्षको उमेरमा बुधबार निधन भएको हो । शहीद गेट र टुँडिखेलको शाही मञ्चमा बनेका शालिक उहाँले बनाउनुभएको हो ।
शहीद गेटमा तत्कालीन राजा त्रिभुवनसँगै शहीद गंगालाल श्रेष्ठ, दशरथचन्द्र ठाकुर, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको शालिक उहाँले बनाउनुभएको हो ।
उहाँले सैनिक मञ्च टुँडिखेलमा रहेको शाही मञ्चमा रहेका ६ जना सिपाहीको शालिकसमेत बनाउनुभएको हो । तुलाधर नेपाली मूर्तिकलाका प्रख्यात कलाकारका रूपमा चिनिनुहुन्छ । उहाँले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरमा मूर्ति बनाउनुभएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच