काठमाडौं । माघ १ गतेदेखि प्रदर्शनमा आउने मिति तय गरेको चलचित्र ‘गोबर गणेश’को पोष्टर सार्वजनिक गरिएको छ । चलचित्र निर्माण पक्षले मंगलबार पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक चलचित्रको पोष्टरमा मुख्य दुई कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र वर्षा शिवाकोटी फिचर्ड हुनुहुन्छ । वर्षा रिक्सा चलाइरहनुभएको छ भने सोही रिक्सामा बल्छी धुर्बे देखिनुहुन्छ । दुवै प्रशन्न मुद्रामा हुनुहुन्छ । पोस्टरले उहाँहरू नगरपालिकाका सरसफाइ कर्मचारीजस्ता देखिनुहुन्छ ।
‘गोबर गणेश’लाई मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गर्नुभएको छ । छायांकन सकेको यो चलचित्र अहिले पोष्टप्रोडक्सनमा छ । पोष्टर सार्वजनिक गर्दै निर्देशक श्रेष्ठले ‘गोबर गणेश’ सानो पर्दामा जस्तै ठूलो पर्दामा पनि दर्शकबाट माया पाउने अपेक्षा रहेको बताउनुभयो । दर्शकले मन पराउने विषय र प्रस्तुतिसहित आउन लागेकाले दर्शकको साथ पाउने उहाँको विश्वास छ ।
बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा बल्छी र वर्षासँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत कलाकारको अभिनय छ ।
तारानाथ न्यौपाने चिफ एडी रहेको यस चलचित्रमा योगेश काजी शाहको बिजिएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डिओपी र विपीन मल्लको सम्पादन छ । टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल छ । चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच