काठमाडौं । राजेश हमाल अभिनित चलचित्र ‘प्रवासी जीवन’ फागुन १५ देखि प्रदर्शनमा आउने भएको छ । नेपालबाट अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने संघर्षसहितको प्रवासी जीवनको कथा यो चलचित्रले भन्नेछ ।
यो चलचित्रलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्तरूपमा निर्देशन गर्नुभएको छ । श्याम क्षेत्रीले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रित गरेर चलचित्र तयार परेको उहाँले बताउनुभयो ।
चलचित्रको पोष्टरमा पृष्ठभूमिमा लेखिएको ‘मेन्टल हेल्थ’, ‘एञ्जाइटी’, ‘थेरापी’जस्ता शब्द उल्लेख छ । चलचित्रको कथा, पटकथा तथा संवाद स्वयं निर्देशक क्षेत्रीले नै तयार गर्नुभएको हो । ‘प्रवासी जीवन’मा राजेश हमाल, सरिता लामिछाने, बुद्धी तामाङ, महादेव त्रिपाठीलगायत कलाकारको अभिनय छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच