काठमाडौं । दर्जनौं चर्चित गीतका लोकप्रिय गायिका सत्यकला राईअमेरिकामा सम्मानित हुनुभएको छ । ग्लोबल पिपल एलायन्स ‘जिपिए’ निर्मातासमेत रहनुभएकी राईलाई शान्ति राजदूतको रूपमा विशेष सम्मान गरिएको हो ।
कल्याण फाउण्डेशनको सहआयोजनामा अमेरिकामा नेपाली चलचित्र ‘काँडेतार’ को च्यारिटी कार्यक्रमको अवसरमा गायिका तथा निर्माता सत्यकला राईलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
सम्मान ग्रहण गर्दै राईले आफूलाई प्रदान गरिएको सम्मानप्रति खुशी व्यक्त गर्दै जिपिएका संस्थापक वैज्ञानिक डा.प्रदीप बास्तोला, जिपिए अध्यक्ष काशी अधिकारी तथा सम्पूर्ण टिमप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।
बेलायत र क्यानडा हुँदै चलतित्र प्रदर्शनको सिलसिलामा गायिका राई हाल अमेरिकामा पुग्नु भएको छ । कार्यक्रमले नेपाली कला-संस्कृति, चलचित्र र सामाजिक सेवामा समर्पित व्यक्तित्वहरूको भूमिका उजागर गरेको आयोजक संस्थाका प्रतिनिधिहरूले जनाएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच