पैतालीस दिन लामो केन्द्रीय कार्यसमितिको बैठकपछि नेपाली कांग्रेसले बल्ल आफ्नो १५औं महाधिवेशनको मिति तोकेको छ - पुस २६, २७ र २८ गते । ५४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरको बलमा उक्त मिति बल्ल तल्ल भएको हो । ‘महाधिवेशन चुनावअघि कि पछि’ भन्ने बहस सकिए संगै अब प्रश्न तेर्सिएको छ ‘१५औं महाधिवेशनले काँग्रेसलाई भविष्यतर्फ उन्मुख बनाउने कि पुनः पुरानै चक्रमा बाँध्नरु’ । यो प्रश्न केवल कांग्रेसको आन्तरिक मामिला होइन । यो प्रश्न नेपालको भावी राजनीतिको दिशा, लोकतन्त्रको गुणस्तर र नयाँ पुस्ताको विश्वासको प्रश्न हो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार १६ देखि ४० वर्ष उमेर समूहले ४० प्रतिशत भन्दा बढी जनसत्यलाई प्रतिनिधित्व गर्छ । विश्वसँग प्रत्यक्ष जोडिएको र डिजिटल माध्यममा सक्रिय यो पुस्ता पुरानो राजनीतिक शैलीबाट वाक्क भएको अवस्था छ । यता नेपाली कांग्रेसको शीर्ष नेतृत्व हेर्ने हो भने औसत उमेर ७० नाघिसकेको छ । नेपाली काँग्रेसलाई युवाहरूरको रोजाईको पार्टी बनाउन पार्टीमा नेतृत्व हस्तान्तरणसँगै पुस्तान्तरण अति आवश्यक छ ।
सम्माननीय नेता शेरबहादुर देउवाले दुई कार्यकाल सभापति भइसकेपछि विधान अनुसार उम्मेदवारी नदिने घोषणा गर्नुभएको अर्थ नेतृत्व हस्तान्तरण त हुन्छ । तर हस्तान्तरण या पुस्तान्तरण बीच आकाश -जमिनको फरक छ । हस्तान्तरण भनेको पुरानै ढर्राको अर्को संस्करण हुनसक्छ भने पुस्तान्तरण भनेको समग्र प्रणालीको रूपान्तरण हो । कांग्रेसलाई आज हस्तान्तरण होइन, पुस्तान्तरण चाहिएको छ ।
नेपाली काँग्रेसको नीति जनताको समस्या र प्राथमिकता अनुसार बदलिनुपर्छ । पार्टीका पुराना नीतिले मात्र नयाँ समस्याहरू समाधान गर्न सक्दैनन् । अब काँग्रेस समयानुसार रूपान्तरण हुनैपर्छ । रूपान्तरणले मात्र पार्टीलाई जीवन्त बनाउँछ । पुराना पुस्ता लामो समय नेतृत्व तहमा रहँदै गर्दा सोचमा स्थिरता, निर्णयमा ढिलासुस्ती र संगठनमा नातावाद–कृपावाद हावी भएको छ साथै जनतासँगको जीवन्त सम्बन्ध गुमाउँदै गएको छ ।
पुरानो पुस्ताको योगदान अतुलनीय छ । बीपी कोइरालाको समाजवाददेखि गणेशमान सिंहको अडान, गिरिजाप्रसाद कोइरालाको कुशलता र सुशील कोइरालाको सादगीसम्म–यी सबैले नेपाली लोकतन्त्रको जग हाले । तर तिनै नेताहरूले पनि समयक्रममा नयाँ पुस्तालाई ठाउँ दिन तयार हुनुहुन्थ्यो । आज त्यही परम्परा हराउँदै गएको छ । अब पुराना पुस्ताले विभिन्नकालखण्डमा व्यवस्था परिवर्तन त व्यवस्था संस्थातग गर्न खेलेका महŒवपूर्ण भूमिकाहरूको उच्च सम्मान गर्दै अबको महाधिवेशनबाट युगले मागेको र जेन जी देखि हरेक पुस्तालाई समेट्न सक्ने नेतृत्व छान्न सके आगामी फागुन २१ गते हुने चुनावमा नेपाली काँग्रेस पहिले पार्टी बन्नेछ ।
यही संकटको घडीमा एउटा नाम बारम्बार उर्लेर आउँछ : गगन
गगन थापा केवल एउटा युवा नेता होइनन्, उनी एउटा प्रवृत्तिका प्रतीक हुन् । १२औं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्य बन्ने, १३औं महाधिवेशनमा महामन्त्रीमा साहसपूर्वक लड्ने र १४औं महाधिवेशनमा दुई तिहाइभन्दा बढी मतका साथ महामन्त्री जित्ने उनको यात्रा साधारण होइन । यो यात्राको कांग्रेसभित्र एउटा सन्देश दियो । क्षमता र लोकप्रियताले मात्र पद पाइन्छ, गुट र कृपाले होइन ।’ उहाँकै कारण आज दर्जनौं युवा नेताहरू केन्द्रीय पदाधिकारीमा दाबी गर्न सक्षम भएका छन् । यदि गगन थापाले त्यो बाटो नदेखाएको भए ‘युवा आकांक्षा’ अझै पुरानै नेतृत्वको पछिल्तिर लाइन लागेर बसेको हुन्थ्यो ।
गगन थापाको नेतृत्व भनेको केवल उमेरको परिवर्तन होइन, यो त सोचको क्रान्ति हो । उहाँले अन्तरपुस्ता संवादमा विश्वास गर्नुहुन्छ । पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई मिश्रण गरेर कांग्रेसलाई फेरि जीवन्त बनाउन सक्नुहुन्छ ।
काठमाडौं क्षेत्र नम्बर–४ बाट २०७०, २०७४ र २०७९ मा लगातार तीन पटक जित्दै ह्याट्रिक गर्ने गगन थापा कुनै साधारण सांसद होइनन् । स्वास्थ्य मन्त्री हुँदा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा, एम्बुलेन्समा एकरूपता, अस्पतालहरूको अनुगमन र सुधारका लागि खेलेको भूमिका आज पनि जनताले सम्झिन्छन् । सडक आन्दोलनदेखि संसद्सम्म, कोभिड महामारीमा अक्सिजन सिलिन्डर बोकेर अस्पताल पुग्नेदेखि सदनमा सुशासनको आवाज उठाउने, गगन थापा जनताको पीडासँग जोडिएका नेता हुन्, कुर्सीको मात्र होइन ।
सत्ता (मोहले ग्रस्त बन्दा भाद्र २३–२४ को घटनापछि नेपाली कांग्रेसले आफ्नो मौलिक चरित्र गुमायो । यस्तो बेला नेपाली काँग्रेसमा २००७ को क्रान्तिकारी भावना, २०१५ को जनमुखी छवि, २०४६ को व्यापक लोकप्रियता र २०६२ र ६३ को राष्ट्रिय अभिभावकको जिम्मेवारी फर्काउन सक्ने नेतृत्व चाहिएको छ । त्यो नेतृत्व गगन थापामा मात्र छ ।
गगन थापाको नेतृत्व भनेको केवल उमेरको परिवर्तन होइन, यो त सोचको क्रान्ति हो । उहाँले अन्तरपुस्ता संवादमा विश्वास गर्नुहुन्छ । पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई मिश्रण गरेर कांग्रेसलाई फेरि जीवन्त बनाउन सक्नुहुन्छ । उहाँको नेतृत्वमा कांग्रेसले नीति निर्माणमा युवा सहभागिता बढाउनेछ, डिजिटल युगको संगठन संरचना बनाउनेछ, सुशासन र जवाफदेहितालाई मूल नारा बनाउनेछ र सबैभन्दा महŒवपूर्ण–जनतासँगको सम्बन्ध पुनःस्थापित गर्नेछ ।
आगामी फागुन २१ गते हुने आमनिर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन केवल पुरानै शैलीले पुग्दैन । नयाँ सोच, नयाँ ऊर्जा, नयाँ रणनीति र नयाँ विश्वास चाहिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागी काठमाडांै निर्वाचन क्षेत्र नं ४ लगायत देशका धेरे निर्वाचन क्षेत्रबाट सर्वसम्मत उम्मेदवारका लागि सिफारिश हुनभएको छ । काठमाडौं क्षेत्र नम्बर–४ को मतदाताले मात्र होइन देशका लाखौं युवा र निराश काँग्रेस समर्थकले आज गगन थापाको नेतृत्वमा परिवर्तन, व्यावहारिक सुधार र राजनीतिक पुनर्जागरणको संभावना देखिरहेका छन् ।
गगन थापाको नेतृत्व केवल नयाँ पुस्ताको आगमन हैन काँग्रेसको पुनःजन्मको सम्भावना हो । अब समय आएको छ गगन थापालाई सभापति बनाउने, कांग्रेसलाई पहिलो पार्टी बनाउने र नेपाललाई नयाँ दिशा दिने ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच