सकेसम्म बैरी/विपक्षीको हातै काट्नु, नसके उसको हात चुम्नु भन्ने गरिन्छ । यस्तै खालको परिदृश्य एमाले अध्यक्षका पछिल्ला गतिविधिबाट अवगत भएको छ । हुन पनि ओली विभिन्न विशिष्ट सूक्ति र उक्तिका जानिफकार छन् । त्यसैले उनले ‘अधंम् त्यजति पण्डितः’ अर्थात् सर्वनाश हुनुभन्दा आधा भए पनि जोगाउनु भन्ने कुरालाई ख्याल गर्न लागेको अनुभूति भएको छ । माधव नेपालपश्चात् कमाण्ड सम्हालेका ओलीले नभाले नपोथी जस्तो भएको पार्टीलाई अग्लो पहिचानको सिउरसहितको पहिरेको भाले पार्टी बनाएकै हुन् । उनको नेतृत्वको सरकारले मात्रात्मक भए पनि धेरै राम्रा काम पनि गरेकै हो । तर, जबज अनुसार पार्टी र सरकारलाई गुणात्मक रूपमा परिचालन गर्ने कुरामा गम्भीर कमजोरी देखिएकै हो ।
जननेता मदन भण्डारीले पार्टी र संगठनलाई औजार र टुल्स कदापि बनाउनु हुन्न भनेका थिए । यसो गरियो भने जबजको मर्म र महत्व सकिन्छ पार्टी पनि क्षतविक्षत हुन्छ भनेका थिए । यसमा ओलीले पटक्क ध्यान दिइएनन् । पार्टी अध्यक्ष ओलीकै सहमति र सक्रियतामा प्रथम महिला राष्ट्रपति तथा पूर्वउपाध्यक्ष विद्या भण्डारीलाई पार्टी सदस्यता नवीकरण गरिदिएको कुरा घाम जत्तिकै छर्लंग छ । ओलीले नै दस्तखत गरेको विद्याको पार्टी परिचय पत्रले यसलाई खुलासा गर्छ । यस विषयमा सफेद झुट बोलेर इतिहासमा समेत आफूमाथि दाग लाग्ने र लगाउने काम ओलीबाट भयो । यो विषय महिला अस्मितामाथि धावा बोलेको विषय हो । आधा आकाश र आधा धर्ती थाम्ने शक्तिले कहिल्यै बिर्सँदैन । यस्तैयस्तै अत्यन्त नकारात्मक त्रिलयाकलापबाट आजित हुँदा नवयुवा जेन-जीको आक्रामक गतिविधि एमालेभित्रै हुनसक्छ ।
केपी ओली महाधिवेशनमा नैतिक, सैद्धान्तिक, आचार र आचरणका दृष्टिले अध्यक्षको प्रतिस्पर्धामा हारिसकेका छन् । त्यसैले उनले हालै अध्यक्षमा मैले उम्मेदवारी नै दिएको छैन भने र उनले मेरो मान्छे पनि उठ्न सक्छ भनेका छन् । उनका वृत्तका केही नेताको पराजित मानसिकताको बोली बाोल्दैछन् ।
पार्टीभित्र अति होइन अत्याचार नै गरेका छन् ओलीले । ओली ईश्वरको उम्मेदवारीपछि निक्कै झस्किएका छन् । पहिले निरंकुश बोलीवचन लल्कार्ने उनी अहिले प्रतिस्पर्धा गर्न पाउने भन्दै नाटकीय रूपमा आफू लोकतान्त्रिक बताउन थालेका छन् । ओलीले एक वर्ष पहिलेदेखि महाधिवेशनमा षडयन्त्र र धाँधलीको गुप्तगु षड्यन्त्र सुरु गरेका हुन् । विद्या भण्डारीको आफैंले नै प्रदान गरेको संगठित सदस्यता रोक्नु ओली षड्यन्त्रको सुरुवाती दुष्प्रयत्न हो । विद्याका अगाडि ओली निरीह बन्ने अवस्था उनैले ठहर गरेर यसो गरेका हुन् । जून र घाम जुनकीरी र ताराहरूसित प्रतिस्पर्धा गर्न डराउँदैनन् ।
समीको रूखले पोथ्रासित प्रतिस्पर्धा गर्न किन डराउनु ? विद्याले नै ओली मदेखि लुगलुग काम्नु भएको, खुबै डराउनुभएको बताउनुभएको छ । ओलीले महाधिवेशनाको नारा संसदीय निर्वाचनमा उम्मेदवारी दिँदा जस्तो सतही नारा दिएका छन् । मेरो होइन माटाको बोली, एक पटक फेरि केपी ओली भन्ने नारा बिलकुल सतही छ । तर, ईश्वर पोखरेलले जबज अनुसारको संस्कार र शैलीको नारालाई अघि सारेका छन् । उनले विवेक, सहकार्य र सामुहिकताका लागि ईश्वरको नेतृत्व विषयलाई नारा बनाएको पाइन्छ । वास्तवमा ओली राजमा पार्टीमा इमान भन्ने कुरा खरानी बनाइयो ।
केपी ओली महाधिवेशनमा नैतिक, सैद्धान्तिक, आचार र आचरणका दृष्टिले अध्यक्षको प्रतिस्पर्धामा हारिसकेका छन् । त्यसैले उनले हालै अध्यक्षमा मैले उम्मेदवारी नै दिएको छैन भने र उनले मेरो मान्छे पनि उठ्न सक्छ भनेका छन् । उनका वृत्तका केही नेताको पराजित मानसिकताको बोली बाोल्दैछन् । जसले प्रदेशको नामकरण गर्न नदिन जात, भात, नाक र नश्ल भिडाए, जसले मुख्य मन्त्री हुँदा आफ्नो बिहोमात्र गरे । यो कुरा पनि बरालथरी नेताले ठूला नेताले मलाई बताएका थिए । तिनै नेता महाधिवेशनमा प्रतिस्पर्धा
गर्ने विषयलाई लाञ्छित गरी गरी लल्कार्दै थिए । तिनको नग्न चरित्र हेर्दा लाज नै लजाउँछ । अरू एकाध पराजित मानसिकता स्वरूप अर्याल, रिमाल, थापा र घिमिरे थरि पनि दुच्छर बोली बोल्दै थिए । एउटा सार, अन्तर्य, सैद्धान्तिक दृष्टिले महाधिवेशनमा विजय भइन्छ । प्रविधिक रूपमा जिते पनि ओली अब ओरालो र भिरालो यात्रातिर जाँदैछन् । आफ्नै घर–परिवार सम्हाल्न नसक्नेले देशको नेतृत्व गर्छ भन्ने कुरा कसले पत्याउँछ । ओलीकै कारण देश र जनतााको अपार क्षति भयो । देशको प्रधानमन्त्री- अभिभावक भएर यावत् गतिविधिको नैतिक जिम्मेवारीसमेत नलिने ओली कति नैतिक ? सुरक्षा संयन्त्र मेरै अधिन वा मातहत भन्ने बन्दुक मेरो हो गोली मेरो हो तर गोली पड्किएकै होे तर को मरे र मारिए मलाई थाहा छैन भन्न सुहाउँछ ?
जबज रक्षकहरूले आशा जगाउनुपर्छ र कम्तीमा मदन भण्डारी फाउण्डेनलाई अहिले जस्तो सुस्त र शिथिल नबनाई क्रियाशील र कामकाजी बनाउनुपर्छ । ओलीले जबजलाई क्षतविक्षत पार्दैछन् । तसर्थ फाउण्डेशनले यसको रक्षा, विकास र समृद्धिका लागि देशव्यापी वैचारिक अभियान सञ्चालन गर्नुपर्छ ।
नाक मेरो हो सिँगान मेरो होइन मुख मेरै हो तर खकार मेरो होइन, थुतुनु मेरो तर ¥याल मेरो होइन, शरीर मेरो हो जुम्रा मेरो हुँदै होइन भन्न लाज लाग्दैन ? पर्वत, सल्यान, चितवन, ओखलढुंगालगायत जिल्लामा प्रतिनिधि चयनमा चरम धाँधली गरियो । कतिय जिल्लाहरूमा आफ्ना पक्षमा मतदान गर्दैनन् भन्ने आशंकामा संगठित सदस्यहरूलाई प्रतिनिधि चयनमा सहभागी हुन वञ्चित गरियो । महाधिवेशन सम्मुख आमकार्यकर्ता, नेतालाई पार्टी नीति, नेतृत्वबारे आ–आफ्ना विचार र धारणा राख्न पाइने वा जनवादको अभ्यास गर्न पाइने परम्परा र अभ्यास छ तर त्यसको ठीकविपरीत यही बेलामा दूराग्रहबस नेता र कार्यकर्तालाई कारबाही गरियो । अझ जबजले प्राज्ञिक स्वतन्त्रताको पक्षपोषण गरेकोे कुरालाई पूरै बेवास्ता गर्दै लालफितासाही क्रियाकलापको आरम्भ मैमाथिबाट सुरु गरियो ।
ओली अहिले जसरी पनि अध्यक्ष बनिछाड्ने महासचिव स्वयंले विगत केन्द्रीय समितिमा नेताहरूले बोल्दा अ, आ, को वर्णानुक्रमबाट बोल्ने होइन अब ज्ञ, त्र को वर्णनुक्रमबाट विचार व्यक्त गर्ने प्रस्ताव राखेका थिए । अ, आ, इ वर्णनुक्रमबाट बोल्दा अष्टलक्ष्मी, अमृत र ईश्वर पोखरेललगायतले बोलेपछि आमकेन्द्रीय नेताहरू त्यही सही विचारबाट प्रभावित हुन्छन् भन्ने भय ओलीमा व्याप्त देखियो । माथिबाटै अनेक खालका लोभलालच, आश त्रास, दबाब र प्रभावमा पारेर आफ्नो पक्षलाई बलियो बनाउने दुष्प्रयत्न देखिन्छ तर जबज पक्षधरहरू हरेस खान हुँदैन । ओलीले नै एक समय भनेझैँ बाँस काट्नुभन्दा पहिले बाँस वरपरका झिक्राझिक्री काट्नुपर्छ र मात्र बाँस काट्न सजिलो हुन्छ भन्नु भएको थियो ।
त्यसैले ओलीलाई घेरेर बसेका बराल, ज्ञवाली, कार्की, थापा, भट्टराई ढकाल र राई थरीलाई ४-५ जनालाई छाँस्नुपर्छ । अरू छिचीमिरा केही समयपछि आफैं भाग्छन् । महाधिवेशनकै हलबाट जबज र जननेताविरोधी अपराधी तत्वलाई तह लगाउनुपर्छ । मदनले भनेझैं पञ्चायतको भुँडीभित्र पसेर त्यहीभित्रबाट लात्तले हानेर पञ्चायतको अन्तध्र्वंश गर्नुपर्छ । सोझो आँंलाले मात्र हुँदैन । बाङ्गालाई बाङ्गे लौरीले तह लगाउनुपर्छ, सिर्कनाले हँदैन । एमालेमा अझै इमानदार, स्वाभिमानी र कर्तव्यनिष्ठ नेताको कमी छैन तर ती पार्टी प्रमुखका गतिविधिबाट वाक्क–दिक्क भएका छन् । महाधिवेशन प्रतिनिधि चयनमा ५० प्रतिशत भन्दा कमको सहभागिताबाट यो कुरा पुष्टि हुन्छ ।
जबज रक्षकहरूले आशा जगाउनुपर्छ र कम्तीमा मदन भण्डारी फाउण्डेनलाई अहिले जस्तो सुस्त र शिथिल नबनाई क्रियाशील र कामकाजी बनाउनु पर्छ । ओलीले जबजलाई क्षतविक्षत पार्दैछन् । तसर्थ फाउण्डेशनले यसको रक्षा, विकास र समृद्धिका लागि देशव्यापी वैचारिक अभियान सञ्चालन गर्नुपर्छ । महाधिवेशनको बन्द सत्रमा महिला शक्ति र एमालेका नवयुवा/जेन-जी प्रखर, मुखर र अग्रसर हुनुपर्छ । आवश्यकता पर्दा आक्रामक हुनुपर्ने बाध्यता आइपर्न सक्छ । जित सत्यकै हुन्छ जबज र जननेताकै हुन्छ । यही निष्कर्ष आउने सम्भावनाबाट ओलीवृत्त अत्यन्त त्रसित देखिन्छ । महाधिवेनमा जबज पक्षधरले जे जतिले जिते पनि अवसरवादी चरित्र र चिन्तनको मुटुमा सधैं ढ्याङ्रो बजिरहन्छ । अनि सडक र सदनबाट पञ्चायतलाई ध्वस्त गरेझैँ पार्टी जीवनको अन्तर्यमा पन्पिन थालेको विष तत्वलाई निस्तेज बनाउनुपर्छ । (इटहरी निवासी लेखक एमाले पूर्वकेन्द्रीय सदस्य हुनुहुन्छ ।)






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच