काठमाडाैं । येंगा हिटी एक अत्यन्त महत्वपूर्ण सामुदायिक जलस्रोत हो, जसले करिब पन्ध्र सय वर्षअघि देखि स्थानीय बासिन्दालाई पानी उपलब्ध गराउँदै आएको छ । दीर्घकालसम्म यस हिटीको संरक्षण स्थानीय समुदायकै नेतृत्वमा हुँदै आएको थियो ।
येगा क्लब र चिभा चैत्य अर्गनाइजेसनबीचको सहकार्य तथा वर्ल्ड मोनुमेन्ट्स फन्ड र नेपालस्थित अमेरिकी दूतावासको राजदूत सांस्कृतिक संरक्षण कोषको सहयोगमा सम्पन्न जीर्णोद्धारपछि, करिब ५० वर्षपछि यो हिटीमा पुनः पानी प्रवाह सुरु भएको हो।
पुनर्स्थापना कार्यसँगै हिटी क्षेत्रको सुरक्षा र निगरानी सुदृढ बनाउन सीसीटिभी क्यामेरा पनि स्थापना गरिएको छ।
२०२२ वर्ल्ड मोनुमेन्ट्स वाचमा सूचिकृत यो सम्पदाको पुनर्स्थापना कार्य वर्ल्ड मोनुमेन्ट्स फन्डको काठमाडौं उपत्यकाका हिटी संरक्षण परियोजना (२०२३–२०२६) अन्तर्गत सम्पन्न गरिएको हो ।
यस कार्यमा अमेरिकी दूतावासको राजदूत सांस्कृतिक संरक्षण कोषको मुख्य सहयोगसँगै द रोबर्ट डब्ल्यु विल्सन च्यारिटेबल ट्रस्ट, वाच कमिटी अफ वर्ल्ड मोनुमेन्ट्स फन्ड, अमेरिकन एक्सप्रेस तथा आइरन माउन्टेन लगायत संस्थाहरूको महत्वपूर्ण योगदान रहेको छ ।
तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी











बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच