रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा आज पनि स्थगित भएको छ।
न्यायाधीश तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको मुद्दा सुनाउन नमिल्नेमा राखिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिनुभयाे। न्यायाधीश सागर विष्टका आफन्त नै उक्त मुद्दामा जाहेरवालातर्फको कानूनी व्यवसायी भएकाले सुनुवाइ अघि बढाउन नचाहेकाे उहाँले बताउनु भयाे ।
बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दा कात्तिक १३ गतेदेखि लगातार सारिँदै आएको छ। यसअघि लामिछाने पक्षका कानूनी व्यवसायीले दुई पटक पेशी सार्न निवेदन दिएका थिए भने गत बिहीबार सार्वजनिक बिदाका कारण सुनुवाइ रोकिएको थियो।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच