काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बिहीबार विशेष अदालतमा दायर गरिएको मुद्दामा गलत लिखत तयार गरी बैंक ऋण लिन सहयोग गरेका आरोपहरू लगाइएका छन्। आयोगले जोशीसँगै सब–इन्जिनियर जय कुँवर, असिस्टेन्ट सब–इन्जिनियर तेजबहादुर सुनार र जग्गाधनी शान्ति नाथलाई पनि प्रतिवादी बनाएको छ।
अभियोगपत्रका अनुसार, बेलडाँडी गाउँपालिका–२ निवासी शान्ति नाथले हुनै नसकेको स्थानमा घर रहेको भनी कित्ता नं ३५७, क्षेत्रफल ४ सय वर्गमिटरको जग्गामा नक्कली नक्सा तयार गराएका थिए।
त्यसै आधारमा उनले लक्ष्मी सनराइज बैंकमा घर–जग्गा धितो राखी ऋण लिएको आयोगले जनाएको छ।
आयोगले प्रतिवादीहरूलाई रकम हिनामिना र अख्तियार दुरुपयोगमा संलग्न रहेको ठहर गर्दै कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको हो।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच