काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा संलग्न रहेको आरोपमा सहसचिव तीर्थराज भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बिहीबार विशेष अदालत, काठमाडौंमा उनीहरूका विरुद्ध आरोपपत्र पेश गरेको हो।
आयोगका अनुसार भिजिट भिसामा विदेश जाने नेपाली यात्रुबाट अनधिकृत रुपमा रकम असुलेको प्रमाण भेटिएपछि उनीहरूमाथि अनुसन्धान भएको थियो।
सहसचिव भट्टराईलाई गत जेठ ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट पक्राउ गरिएको थियो। पक्राउ पर्दा उनी त्यही कार्यालयका प्रमुखका रूपमा कार्यरत थिए।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार मुद्दामा ६ जना व्यक्ति र २ वटा कम्पनीलाई प्रतिवादी बनाइएको छ।
भट्टराईसहित अध्यागमन अधिकृत यज्ञराज अर्याललाई ८ लाख, ग्रीनलाइन ट्राभल्स् एन्ट टुरका सञ्चालक बालकृष्ण खड्का र राम खड्कालाई जनही ३० लाख २० हजार बिगो दाबी गरिएको छ ।
त्यसैगरी बानेश्वरस्थित सेन्ट्रल रिसर्च अफ साइन्स एन्ड टेक्नोलोजी इन्स्टिच्युटका ल्याब सहायक कविता पौडेलविरुद्ध ७९ लाख ८० हजार रूपैयाँ, फ्यामिली होलिडेज् ट्राभल्स एन्ड टुरका सञ्चालक दीपक भण्डारीविरुद्ध १० लाख ६० हजार र जग्गा व्यवसायी खेमप्रसाद सुवेदीविरुद्ध ७९ हजार ८० रूपैयाँ बिगो मागदाबी गरिएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच