ललितपुर । बागमती प्रदेश बेसबल तथा सफ्टबल संघको प्रथम साधारणसभा २०८२ ललितपुरमा सम्पन्न भएको छ । साधारणसभाले धु्रवकुमार रिजालको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
सभामा प्रस्तुत प्रतिवेदन, योजना तथा आगामी कार्यदिशामाथि छलफलपछि नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरिएको संघले जनाएको छ ।
नवनिर्वाचित कार्यसमिति अध्यक्षः ध्रुवकुमार रिजाल, उपाध्यक्षः प्रबोध लामा (वाङ), निरज भट्टराई, सचिवः सुवास सुवेदी, सह-सचिवः सांगे लामा, कोषाध्यक्षः सुगम पाठक, सदस्यहरूः विधान रिजाल, रविन्द्र खड्का, सुशील भट्टराई, प्रसन्ना पाठक, रोमन श्रेष्ठ, स्मोथ अधिकारी र केशव गौतम रहनुभएको छ ।
नयाँ नेतृत्वले प्रदेशभर बेसबल तथा सफ्टबल खेलको पहुँच विस्तार, खेलाडी उत्पादन, प्रशिक्षण प्रभावकारी बनाउने तथा प्रतियोगिताहरू नियमित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य रवि महर्जन प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
त्यस्तै, नेपाल बेसबल तथा सफ्टबल संघका अध्यक्ष दिपक न्यौपाने विशेष अतिथिका रूपमा सहभागी भई संघको वर्तमान अवस्था र आगामी योजनाबारे धारणा व्यक्त गर्नुभयो । उहाँहरूले बेसबल र सफ्टबल जस्ता उदयीमान खेललाई प्रदेशमा लोकप्रिय बनाउन संघको भूमिकाको प्रशंसा गर्दै आवश्यक सहयोग प्रदान गर्ने आश्वासन दिनुभएको थियो ।
यसै क्रममा राजापुर नगरपालिका-४ स्थित कुखुरा फार्ममा कार्यरत निरज थारु पनि संघसँग आबद्ध हुँदै खेलकुद क्षेत्रप्रति युवाहरूको आकर्षण बढिरहेको तथ्य उजागर भएको उल्लेख गरिएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच