काठमाडौं । वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि तीनदिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेलस्थित बुद्धिविकास मण्डलमा १० देखि १६ वर्षसम्मका खेलाडीहरूलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको वसन्त गौचन फुटबल एकेडेमीले जनाएको छ ।
नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र जापानबाट आउन लाग्नुभएका जापानी प्रशिक्षक युता ओगुराले प्रशिक्षण दिनुहुनेछ । उहाँहरूको साथमा नेपालका ‘ए’ लाइसेन्स प्रशिक्षक राजेन्द्र तामाङसहित स्थानीय प्रशिक्षकहरू पनि रहने एकेडेमीले जनाएको छ ।
ओगुरा जेएफएको सर्टिफाइड लेभल टु इन्स्ट्रक्टर हुनुहुन्छ । उहाँ जे लिगको क्लब सोनम बेलमेरको तीन वर्ष यू-१३ का प्रशिक्षक हुनुहुन्थ्यो । ओगुराले सन् २०१५ देखि विभिन्न स्कुल, एकेडेमीलाई प्रशिक्षण दिँदै आउनुभएको छ । उहाँ जापानको टोकियोमा अवस्थित फनरुट्स फुटबल एकेडेमीमा पनि आबद्ध हुनुहुन्छ ।
बिहान ९ देखि ११ बजेसम्म १० देखि १२ वर्ष र दिउँसो २ बजे देखि ४ बजेसम्म १३ देखि १६ वर्षका खेलाडीलाई तीनदिने प्रशिक्षण दिने एकेडेमीले जनाएको छ ।
एक समय नेपाली फुटबलका ढुकढुकी रहनुभएका वसन्त गौचनले तीन वर्षअघि आफ्नो नाममा फुटबल एकेडेमी खोल्दै बाल र युवा फुटबल खेलाडीहरूलाई प्रशिक्षण दिँदै आएको छ ।
पछिल्लो साढे दुई दशकदेखि गौचन जापानलाई कर्मथलो बनाउँदै विभिन्न फुटबल प्रशिक्षणमा आबद्ध हुनुहुन्छ । गौचनको पहलमा पछिल्लो दशकयता हरेक वर्ष नेपालका किशोर खेलाडीले एक साता जापानमा कोपा टोरेरोज प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच