बर्दिया । बर्दियाको राजापुरमा भएको गोली काण्डका मुख्य आरोपी मानिने महाविर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियाका प्रहरी निरिक्षक प्रकाशसिंह कार्कीका अनुसार २८ वर्षीय निरज चौधरीको हत्या गरेको आरोपमा दाङ तुलसीपुर–६ का ५१ वर्षीय महावीर चौधरीलाई कैलालीबाट पक्राउ गरिएको हो । बिहीबार बिहान करिब ३ बजे कैलालीको कैलारी गाउँपालिका–२ स्थित एक खाली घरमा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको बताइएको छ ।
आइतबार बिहान बर्दियाको राजापुर–४ स्थित हमार थारू घर एन्ड रेस्टुरेन्टमा महावीरले निरजको कन्चटमा गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ।
महावीर अमेरिकी ग्रीन कार्डधारी हुन् र परिवारसहित अमेरिका बस्दै आए पनि नेपाल आउजाउ गर्दै विभिन्न व्यक्तिलाई तल्लो बाटो भएर अमेरिका लगिदिने लोभमा पारेर रकम उठाउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। महावीर नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीका साइँला भाइ हुन्। पोल्ट्री फर्मको रेखदेखका लागि निरजलाई दाङबाट बर्दिया ल्याइएको थियो, जसको जग्गा पूर्वमुख्यमन्त्री चौधरीकै नाममा रहेको बताइएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार महावीरले निरजलाई तल्लो बाटो हुँदै अमेरिका पठाइदिने भन्दै ठूलो रकम लिएका थिए। तर आप्रवासन कडाइका कारण निरज अमेरिका जान नसक्दा उनले पैसा फिर्ता माग्दै आएका थिए।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच