काठमाडौं । पुस अन्तिम साता सुरु हुने राष्ट्रिय लिगको विजेता क्लबले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ पाउने जानकारी दिएको हो । लिगको उपविजेताले २५ लाख र तेस्रो स्थानमा रहने क्लबले १५ लाख रुपैयाँ पाउनेछन् ।
त्यस्तै, एन्फा र राष्ट्रिय लिगका लागि दर्ता भएका १७ क्लबबीच बिहीबार भएको छलफलले सहभागी क्लबलाई तयारी खर्चस्वरूप १५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
हेटौंडामा सम्पन्न भएको एन्फा प्रेसिडेन्ट लिगबाट राष्ट्रिय लिगमा छनोट भएका काठमाडौं उपत्यकाबाहिरका क्लबहरूलाई यातायात खर्चस्वरूप दुई लाख रुपैयाँ र काठमाडौं उपत्यका क्लबलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
राष्ट्रिय लिग काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुस २५ गतेबाट सुरु हुनेछ । लिगका लागि क्लबहरूले पुस १८ गतेभित्र खेलाडी दर्ता गरिसक्नुपर्नेछ । प्रतियोगिताको खेल तालिका पुस २० गते सार्वजनिक गर्ने निर्णय भएको एन्फाले जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच